Close This

सुखेपोखरी क्याम्पसचोकको सडकमा १४० थान ‘क्याट आई’ राखियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२४ गते   ३७० पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका १० सुखेपोखरी स्थित कालोपत्रे सडकमा ‘आई क्वाट’ जडान गरिएको छ । शनिबार हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख  प्रहरी निरीक्षक केदारमान दोङ, वडा नम्बर १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली लगायतले ‘आई क्वाट’ जडान गर्नु भएको ेहो ।
 वडा कार्यालयको बजेटबाट क्याम्पस चोक स्थित कालोपत्रे गरिएको सडकमा १४० थान ‘आई क्वाट’ राखिएको वडाध्यक्ष मैनालीले जानकारी दिनु भयो । २ सय थान ‘आई क्वाट’ खरिद गरिएकोमा क्याम्पस चोकदेखि पश्चिम जाने ४७५ मिटर सडकको दुवै किनारामा १४० थान ‘आई क्वाट’ राखिएको र बाँकी ‘आई क्वाट’ अर्को सडकमा जडान गरिने वडाध्यक्ष मैनालीले बताउनु भयो ।
साँझ परेपछि आफै बल्ने रेडियमयुक्त उक्त लाईटले सौन्दर्यता बढाउनुका साथै दुर्घटना न्यूनिकरणमा समेत टेवा पुर्याउने हुनाले जडान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख  प्रहरी निरीक्षक दोङले बताउनु भयो ।
राजधानी काठमाडौं, पोखरा लगायत ठूला शहरहरुका कालोपत्रेमा त्यस्तो लाईट जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी साधनको ‘आई क्वाट’ परेपछि अझ बढी चम्कने उक्त ‘आई क्वाट’ ले सडकको किनार समेत संकेत गर्ने हुनाले चालकलाई राती सवारी साधन चलान निकै सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख  प्रहरी निरीक्षक दोङले बताउनु भयो ।२०–२० फिटको दुरीमा उक्त ‘आई क्वाट’ राखिएको वडाध्यक्ष मैनालीले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech