बागमतीमा माेटरसाईकल दुर्घटना,२ जना घाईते

390 Shares

सर्लाहीको बागमती नगरपालिका १२ स्थित बागमती माछा पाेखरी(भरत ताल)जाने बाटाेमा माेटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्गबाट बागमती माछा पाेखरी(भरत ताल) तर्फ जाने बाटाेमा ना ६३ प ६५८७ र विआर ३० डब्लु ३९०० नम्बरकाे माेटरसाईकल दुर्घटना हुँदा माेटरसाईकलमा सवार तीन जना मध्य दुई जना घाईते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बागमती माछा पाेखरी(भरत ताल) पुगेर फर्किने क्रममा बागमती नगरपालिका १२ स्थित बागमती माछा पाेखरी(भरत ताल)बाट फर्किने क्रममा दिउँसो करिब २:५० बजे ६३ प ६५८७ र विआर ३० डब्लु ३९०० नम्बरकाे माेटरसाईकल दुर्घटना भएको हाे ।घाईतेहरुकाे विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार