बागमती यूवा क्लवलाई अर्काे सफलता, ‘सि’ डिभिजनमा छनौट हुदै इतिहास रच्न सफल

1.7k Shares

सर्लाहीको बागमती यूवा क्लव ‘सि’ डिभिजनमा छनौट भएको छ । सि’ डिभिजनमा छनौट भएको बागमतीले सर्लाहीको खेल इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ । 
शहिद स्मारक ‘सि’ डिभिजन छनौट फुटवल प्रतियोगिताको समुह विजेता बन्दै बागमती यूवा क्लव सर्लाही ‘सि’ डिभिजनमा बढुवा भएको क्लवका महासचिव सागर मैनालीले जानकारी दिए  । उनका अनुसार एन्फा कम्प्लेक्स सातदोवाटोमा सम्पन्न खेलमा काभ्रे बोर्डर फुटवल क्लवलाई पराजित गर्दै बागमती ‘सि’ डिभिजनमा छनौट भएको हो । 
अखिल नेपाल फुटवल संघ (एन्फा)को आयोजनामा शहिद स्मारक ‘सि’ डिभिजन खेल जारी रहेको छ ।  बागमतीका सुमन राई, अविनास स्यांतान(अवी) र अनिल राना मगरले एक/एक गोल गरेका छन् ।
बागमती यूवा क्लवले प्रतियोगिताको नकाउट चरण अन्तरगत गत २१ गते दुखामी धुलीखेल, २५ गते दुधौली,२७ गते नुवाकोट यूवा क्लवलाई र मंगलबारको खेलमा काभ्रेलाई पराजित गर्दै ‘बि’ समुह विजेता बनेको हो । यस्तै समुह ‘ए’ बाट गोलबजार यूवा क्लव समुह विजेता बन्दै ‘सि’ डिभिजनमा छनौट भएको छ । यस पटकको शहिद स्मारक ‘सि’ डिभिजन छनौटमा मधेश प्रदेश हावी भएकाे आयाेजकले जनाएको छ ।
मोफसलको प्रतिष्ठित प्रतियोगिता,मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे प्रतियोगिता  राजर्षि जनक कप आयोजना गर्दै आएको बागमती युवा क्लवले स्थानीय स्तरमा ब्यवसायीक खेलाडि उत्पादनमा जोड दिदै आएको छ । क्लवले आफ्नो छुटै टिम तयार गरेर पारिश्रमीक सहित अनुवन्ध गरेर प्रशिक्षित गर्दै आएको क्लवका अध्यक्ष किस्मतराज मैनालीले बताए । उनका अनुसार खेलाडिहरु यस पटक जसरी पनि ‘सि’ डिभिजनमा छनौट हुने लक्ष्य सहित मैदान उत्रीएका थिए ।
समुहका विजेता बन्दै ‘सि’ डिभिजनमा छनौट भएका दुई टिमले मंसिर १ गते फाईनल खेल खेल्ने छन् । बागमती यूवा क्लवमा २३ बर्ष मुनिको राष्ट्रिय टिमका सहायक प्रशिक्षक एवम क्लवका मुख्य प्रशिक्षक रोजित केसीको नेतृत्वमा टोलीले ‘सि’ डिभिजन छनौट प्रतियोगिता खेलिरहेको क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।
प्रतियोगितामा सहज जित निकाल्दै सि डिभिजन छनौट यात्रा पार गरेको क्लवका सचिव प्रधानले बताए ।  ‘अघिल्लो सिजन छनौट खेल्न गएको भए पनि सफल हुन सकेका थिएनौ ।’‘यस पटक जसरी पनि छनौट हुनै पर्थ्याे, छनौट पनि भयौ ।’ उनले बताए ।
यता, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले क्लवका सम्पुर्ण खेलाडि र टिमका सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए ।खेल क्षेत्रको माध्यमबाट नगरको नाम देश विदेशमा फैलाउने लक्ष्यको एउटा खुड्किलो पारभएको भन्दै नगर प्रमुख थापाले सम्पुर्ण खेलाडी,प्रशिक्षक,खेलप्रेमी लगायतलाई बधाई दिए ।
नगर प्रमुख थापाकाे विशेष सहयाेगमा क्लवले हरेक वर्ष मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे राजर्षि जनक कप फुटबल प्रतियोगिता  सञ्चालन गर्दै आएकाे छ । आफ्नै खेल मैदान लेडिज जेन्स फरक फरक हाेस्टल सहितकाे स्पाेट एकेडेमी,क्लबकाे आफ्नै सवारीसाधन र एम्बुलेन्स समेत रहेकाे क्लबलाई बागमती नगरपालिका र नगर प्रमुख थापाकाे पुर्ण सहयाेग रहेकाे छ ।
 देश भरीबाट ६२ टिम सहभागि ‘सि’ डिभिजन छनौट प्रतियोगिताबाट दुई टोली छनौट भएका हुन् । यस क्लवमा २० बर्ष मुनिका राष्ट्रिय टिममा पर्न सफल खेलाडि समेत समेटिएका आयाेजकले जनाएको छ ।

सम्बन्धित समाचार