Close This

सर्लाहीमा तीजको रौनक,शिवालयहरुमा भिडभाड बढ्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२४ गते   ३८ पटक हेरिएको

नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको रौनक यतिवेला देशभरमा देखिएको छ । सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा आफ्नै महत्वपूर्ण छ ।
 भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहि आएको छ ।
तीजको अवसरमा आज(बिहीबार)बिहानैदेखि जिल्लाका विभिन्न शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको थियो। कोरोना महामारीका कारण मन्दिर परिसरमा सुरक्षा सतर्कता अपनाएर भएपनि उल्लेखनीय मात्रामा महिलाहरुको उपस्थिति रहेको थियो। श्रीमानको दिघायु सु स्वास्थ्य र परीवारको सुखशान्तीका लागि महिलाहरु पानी पनि नखाई व्रत बस्ने गर्दछन् । भने पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गरेपछि मनोकामना पूरा हुने विश्वास रहेका कारण कारण महिलाहरु सोदिन पनि व्रतबसी पुजा पाठ गर्ने गर्दछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech