Close This

लालबन्दी नगरपालिकालाई ४ सय भिटिएम सहित स्वास्थ्य सामाग्री सहयोग प्राप्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२७ गते   १५२८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकालाई  स्वास्थ्य सामाग्री सामाग्री सहयोग प्राप्त भएको छ ।लाललबन्दी नगरपालिका ९ घर भई वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनु भएका दिनेश खत्रीले लालबन्दी नगरपालिकालाई भिटिएम  ट्युव ४ सय थान र व्यात्तिगत सुरक्ष सामाग्री पीपिई १० थान सहयोग गर्नु भएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो । 
कोरोना भाईरस(कोभिड १९) माहामारी विश्यव्यापी बन्दै गई रहेको  र पिसिआर चेकजाँचमा समस्या सृजना भएको समयमा  खत्रीले  नगरलाई  २ लाख ४ सय ५२ रुपैँया बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको नगर उप प्रमुख शान्ती कुमारी लामाले  बताउनु भयो । नगरको क्वारेन्टाईनमा रहेका नागरीकहरुको पिसिआर चेकजाँचका लागि काठमाण्डौँ पठाउनु पर्नै र लामो समय लाग्ने गरेको कारण समस्या भई रहेको समयमा खत्रीले स्वास्थ्य सामाग्री सहयोग गरेर प्रसंसनिय कार्य गर्नु भएको उप प्रमुख लामाले बताउनु भयो ।
लालबन्दी नगरपालिकाको सभाहलमा खत्रीले नगर प्रमुख खड्कालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै  नगर प्रमुख खड्काले सहयोगी दाता खत्रीलाई धन्यवाद समेत दिनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech