निर्वाचन अधिकृत फिर्ता गएपछि सर्लाही कांग्रेसको अधिवेशन अन्यौलमा,आज फेरी वार्ता हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१६ गते   ६२ पटक हेरिएको

नेपाली काँग्रेस सर्लाहीको आज(शुक्रबार)लाई तोकिएको अधिवेशन अन्यौलमा परेको छ । जिल्लामा अधिवेशन गराउन आएका तेस्रो निर्वाचन अधिकृत भरत राउत पनि फिर्ता गएपछि जिल्लाकोअधिवेशन अन्यौलमा परेको हो । 
पार्टीकै दुई समूहबीच पटक–पटक भएको विवाद र झडपका वीचपनि अधिकांश वडाहरुमा अधिवेशन गराएका निर्वाचन अधिकृत राउत बाँकी अधिवेशन गराउन नसक्ने भन्दै बिहीबार काठमाण्डौं फर्किए पछि अब बाँकी रहेको करिब ४५ वडा वडा र क्षेत्रको अधिवेशन के हुने भन्नेमा अन्यौलता सृजना भएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
संस्थापन र संस्थापनईतरको वीचमा विवाद भएर निर्धारीत समयमा हुनु पर्ने अधिवेशन हुन सकिए रहेको छैन । जिल्लामा ४ निर्वाचन क्षेत्र,२० स्थानिय निकाय र २ सय वटा वडाहरु रहेका छन् । २ सय वटा वडाहरु मध्य करिब १ सय ५० वटा वडाको अधिवेशन सकिएको छ भने करिब ५० वडामा विवादका कारण अधिवेशन हुुन सकेको छैन ।त्यस्तै सदस्यता विवाद पनि कायमै छ ।
यता, मूख्य निर्वाचन अधिकृत राउत काठमाण्डौँ फर्किएपछि शुक्रबार(आज)देखि हुने अधिवेशन अन्यौलमा परेको छ भने आज(शुक्रबार) पनि नेपाली कांग्रेस सर्लाहीले संस्थतापन र संस्थापनईतको वार्ता बोलाएको नेपाली कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले जानकारी दिनु भयो ।उहाँका अनुसार जिल्लामा अधिवेशन गराउन सहायक निर्वाचन अधिकृत सर्लाही आई सकेका र मुख्य निर्वाचन अधिकृत पनि आजै सर्लाही आउने छन् ।
जिल्लामा दुई पक्षबीचको विवादले वडा अधिवेशन गराउन नसक्ने भन्दै राउत सहित तीनजना जना निर्वाचन अधिकृत सर्लाहीबाट फिर्ता भएका छन् ।निर्वाचन अधिकृत फर्किएपछि आज(शुक्रबार)का लागि तय भएको नेपाली कांग्रेस सर्लाहीको प्रतिनिधि तथा प्रदेश सभा अधिवेशन अन्यौलमा परेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech