मलंगवाका इन्जिनियर यादव र सुपरभाइजर सहायक मधुकर घुस सहित पक्राउ

184 Shares

सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजरलाई घुस रकम सहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।मलंगवा नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादव र सुपरभाइजर सहायक कौशल कुमार मधुकरले नक्सा पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिइरहेको सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो ।
इन्जिनियर र सुपरभाइजरले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा दुःख हैरानी दिइ रु एक लाख घुस लिएको सूचना तथा उजुरीपछि उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।अख्तियार स्रोतका अनुसार इन्जिनियर यादव र सुपरभाइजर मधुकरबाट रु ३३ हजार सात सय पाँच स्रोत नखुलेको रकम समेत बरामद् भएको छ ।
घुससहित पक्राउ परेका इन्जिनियर यादव र सुपरभाइजर मधुकरलाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल,काठमाडौँ लगिएको अख्तियारले जनाएको छ।उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्वन्धी कसुरमा मुद्दा दायर गर्ने तयारी गरिएको अख्तियारले जनाएको छ ।
सुशासनको चर्काे नारा लिएर गठन भएको वर्तमान संघीय सरकारले समयमा विभिन्न परिपत्रहरु जारी गरेको भएपनि संघीय सरकारको परिपत्रलाई वेवास्था गर्दै कर्मचारीहरुले आफ्नो पुरानो शैलीलाई परिवर्तन नगरेका मलंगवा नगरपालिकाका इन्जिनियर यादव र सुपरभाइजर मधुकरलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएपछि प्रष्ट भएको स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार