सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित रहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेको भन्दै सव डिभिजन वन कार्यालय लालबन्दीको ध्यानाकर्षण भएको समयमा सामुदायिक वनले आफुहरुले सामुदायिक भवन निर्माण गर्न थालेको अभिव्यक्ति दिएको छ । उनले सो भवन पत्रकारहरुको नभई सामुदायिक वनले सामुदायिक भवन निर्माण सुरुगरेको दाबी गरेका छन् ।
लालबन्दी नगरपालिका १ स्थित रहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेको भन्दै सव डिभिजन वन कार्यालय लालबन्दीले निर्माणाधिन अवस्थामा रहेको संरचना हटाउन भन्दै एक हप्ते सूचना टाँस गरेपछि आफु जोगिन सामुदायिक वन समुहका अध्यक्ष उदय बहादुर कार्कीले पत्रकारहरु ज्याँदा बाढो भएर कुरो बिग्रेको भन्दै अब सामुदायिक भवन निर्माणाधिन रहेको बताउनु पर्ने बताएका छन् । पत्रकारहरुले आफ्नो भवन निर्माणको काम सुरु गरेको बताए पनि सो भवन निर्माण वन समुहले सामुदायिक भवन निर्माण सुरु गरेको भन्दै पत्रकारहरुलाई विर्गान नचाहेको अध्यक्ष र्काीले बताए । उनले सामुदायिक वनसंग कुनै समन्वय नभई निर्माण गरिएको भवन आफ्नो भएको र पत्रकारहरुको भवन निर्माणका लागि कसले कहाँ र कति रकम दियो त्यो विषयमा आफुलाई थाहा नभएको बताए । तर आफुले सव डिभिजन वन कार्यालय लालबन्दी र डिभिजन वन कार्यालय सर्लाहीलाई आफ्नो भवन बनाउने विषयमा आधिकारीक जानकारी दिएको बताएका छन् ।
यता, सव डिभिजन वन कार्यालय लालबन्दीले भदौ ५ गते ७ दिनको म्याद राखेर वनसंग समन्वय नभई निर्माण थालिएको भौतिक संरचना हटाई,भत्काई लैजान र नलगे वन कार्यलयले बल प्रयोग गर्न बाध्य हुने भन्दै सुचना टांस समेत गरेको थियो । सव डिभिजन वन कार्यालय लालबन्दीको सो सुचनामा वन कार्यालयसंग कुनै समन्वय नभएको र सामुदायिक वन क्षेत्र भित्र विना इजाजत घर बनाउने उद्धेश्यले घरको जग बनाउने कार्य गर्दा वन ऐनको दफा ४९(ग) बमोजिम राष्ट्रिय वन फाँड्ने वा वन क्षेत्रको जग्गा जोत्ने,खन्ने,खनिज पदार्थ उत्खनन् गर्ने,अवाद गर्ने,सडक तथा अन्य पुर्वाधार निर्माण गर्ने,घर वा छाप्रो बनाउने,व्यवसाय सञ्चालन गर्ने र वन अतिक्रमण गर्ने काम गरे वा गराएमा वन ऐन २०७६ को वर्खिलाप हुने भएकाले सो संरचना हटाउनु पर्ने उल्लेख गरिएको छ ।
साथै सो सुचनामा समय मै सम्बन्धीत पक्षले भत्काई,हटाई नलगेमा सव डिभिजन वन कार्यालय लालबन्दी बल प्रयोग गर्न बाध्य हुने उल्लेख गरिएको छ । तर सुचना टाँस गरेको ७ दिन भई सक्दा पनि सो संरचना हटाईएको छैन ।
साथै,यता डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जद दासका अनुसार सो विषयमा सुक्ष्म तरिकाबाट अध्यायन तथा अनुसन्धान भई रहेको बताउनु भयो । उहाँले सामुदायिक वनको भवन निर्माणाधिन अवस्थामा रहेको भएपनि भवन निर्माणका लागि बजेट कहाँबाट कसरी आएको निर्माणको क्रममा वन कार्यालयसंग समन्वय भएन भएको लगायतका विषयमा अनुसन्धान जारी रहेको बताउनु भयो । सामुदायिक वन क्षेत्रमा आफुखुसी भौतिक संरचना निर्माण भएकाले आवश्यक अनुसनधान गरी दोषी उपर कडा कार्बाही हुने समेत बताउनु भयो ।
पछिल्लो समय जिल्लाका सामुदायिक वन क्षेत्रको जग्गा तिब्रगतिमा अतिक्रमीत भएको छ । व्यक्तीगत तथा सार्वजनिक र सरकारी पक्षबाट नै वन क्षेत्र अतिक्रमणको शिकार भएको वन कार्यालयले जनाएको छ ।