सर्लाहीको हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा रहेको शिखर होटल एण्ड लजमा प्रहरीले छापामारी ४ जना महिलाहरु सहित होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । शिखर होटल एण्ड लजमा गैर कानुनी धन्दा(देह व्यापार) भई रहेको विशेष सुचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले होटलमा छापामारी ४ जना महिलाहरु र १ जना होटल सञ्चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पछिल्लो समय पुर्व पश्चिम राजमार्ग स्थित जिल्लको लालबन्दी,नवलपुर,हरिवन र नयाँ रोडका प्राय होटलहरुले गैर कानुनी धन्दा,देह व्यापार(यौन धन्दा) गर्ने/गराउने गरेका पाईएको छ भने सो कार्यवापत प्रहरीले चर्को कमिसन असुल्ने गरेको समेत प्रहरी स्रोत कै दाबी छ ।देह व्यापार(यौन धन्दा)मा हरिवनमा रहेको एक होटलले देह व्यापारकर्मीलाई सम्पर्कमा ल्याई दिने र त्यस बापत कमिसन बुझ्ने गरेको समेत प्रहरी स्रोत नै बताउँछ । रातिको समयमा नयाँ रोड तथा हरिवनबाट अटो मयुरीमा देह व्यापारकर्मीहरुलाई राखेर लालबन्दी,नवलपुर,हरिवन र नयाँ रोडका होटलहरुमा पुर्याउने काम हरिवनका उनै होटलकर्मीले गर्ने गरेका समेत पाईएको प्रहरीको भनाई छ ।
पछिल्लो समय जिल्लाका होटलहरुमा जुवा,तास खेल्ने खेलाउने,देह व्यापार(यौन धन्दा) गर्ने/गराउने काम हुने गरेको भन्दै निकै गुनासो आउन थालेको प्रहरीले जनाएको छ । जिल्लाका कतिपय होटलहरुले देह व्यापारकर्मी(यौनकर्मी)हरु राखेर त कतिपयले सम्पर्क गराएर सो धन्दा चलाउने गरेका पाइएको प्रहरीले जनाएको छ ।भने हरिवनबाट करिब एक साता पहिला ४ जना महिलाहरु सहित १ जना होटल सञ्चालकलाई नियन्त्रणमा लिएको भएपनि प्रहरीले सार्वजनिक गरेको छैन् । शिखर होटलाई सिल गरिएको समेत प्रहरी स्रोतको दाबी छ ।