महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अनेमसंघ सर्लाहीका पदाधिकारीको सपथ ग्रहण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२४ गते   ६९ पटक हेरिएको

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)ले लालबनदी १ नवलपुरमा महिला हिँसा विरुद्धको १६ दिने अभियान पारेर अखिल नेपाल महिला संघ सर्लाहीको नेतृत्व चयन गरेको छ ।
अखिल नेपाल महिला संघ ( एकिकृत समाजवादी) सर्लाहीकी अध्यक्ष रेणुका देवी काफ्लेको अध्यक्षता तथा महिला नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको अनमोल  पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।
 कार्यक्रममा  अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य उषा पोख्रेल,रिना भट्टराई ,पार्वती रोक्का,रेखा राउत, एकिृकत समाजवादीका केन्द्रीय सदस्य डील्ली प्रसाद उप्रेती , बेचि लुङ्गेली,लक्ष्मण पौडेल,एकिृकत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगायतको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
महिला हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा अखिले नेपाल महिला संघ सर्लाहीमा पदाधिकारीहरुको सपथ ग्रहण समेत भएको छ । अखिल नेपाल महिला संघ सर्लाहीमा रेणुका देवी काफ्लेको अध्यक्षतामा १२ जनाको समिति सार्वजनिक गरि सपथ ग्रहण कार्यक्रम भएको एकिकृत समाजवादी सर्लाहीका संगठन विभाग प्रमुख भरत कार्कीले जानकारी दिनु भयो ।
अनेम संघ सर्लाहीको उपाअध्यक्षतमा रमा पौडेल,सर्मिला सिंह दनुवार,कैशिला लुङ्गेली,सचिवमा लिलि घिसिङ्ग, सह सचविमा मञ्जु थापा, अनिता थापा, अइला रञ्जिका, कपिसा लो, सिता खड्का र सरिता लोप्चन चयन भएका छन् भने कोषअध्यक्षमा सुसिला चौधरी चयन हुनु भएको छ । चयन भएका १२ जना पदाधिकारीहरुलाई महिला नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष राई र केन्द्रीय सदस्य पोख्रेलको विशेष उपस्थितीमा सपथ ग्रहण गराईएको अनेम संघ सर्लाहीले जनाएको छ ।
घर घरमा महिलाहरु आफ्नै दाई,बुवा,हजुरबुवालगायत आफ्न्तबाटै बलात्कृत भएका कार्यक्रमकी प्रमुख अतिथी अनेम संघकी केन्द्रीय अध्यक्ष राईले  बताउनु भयो । उहाँले महिलाहरुमाथी आफन्तबाटै हिंसा सुरु भएको बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech