Close This

लक डाउन पुर्ण रुपमा पालना नहुँदा कोरोना संक्रमण भयावह बन्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१० गते   ३११ पटक हेरिएको

सर्लाहीका विभिन्न स्थानमा लागेको तरकारी बजारले समुदाय स्तरमा कोरोना संक्रमण दिन प्रतिदिन फैलि रहेको छ ।  स्थानिय निकायको चरम लापर्बाहीका कारण लक डाउनको उल्लंघन गरि तरकार िबजार लगाउँदा कोरोना संक्रमण भयावह बन्दे गएको छ ।
स्थानिय निकाय तथा स्थानिय प्रशासनको लापर्बाहीका कारण व्यापारी व्यावसायीहरुले स्वास्थ्य मापदण्ड नअपनाई तरकारी बजार लगाउँदा कोरोना संक्रमणको त्रास बढेको स्थानियले बताएका छन । जिल्ला सदरमुकाम बस पार्क सहित जिल्लाका विभिन्न स्थानमा लागेका तरकारी बजारका कारण लक डाउनको उल्लंघन मात्र नभई कोरोना त्रास पनि बढेको छ । 
जिल्लामा दुई सातादेखिको लक डाउन जारी रहेको भएपनि त्यो लक डाउन कागजी रुपमा मात्र सिमित रहेको पाइएको छ । तरकारी उपभोक्ताले न समाजिक दुरीको पालना गरेका छन नत मास्कको प्रयोग गरेका छन । जसका कारण पछिल्लो समय जिल्लामा समुदाय स्तरमा कोरोना भयावह बन्दै गएको छ । 
 तरकारी बजारमा लकडाउनको व्यापक उल्लघंन हुनुमा स्थानिय निकाय तथा स्थानिय प्रशासनको कमजोरी रहेको आरोप लाग्न थालेको छ ।

लक डाउनको पुर्ण पालना नहुँदा जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिएको छ । सर्लाही कोरोना भाईरस(कोभिड १९ )को रेड जोनमा परेको भएपनि स्थानियबासीहरु खुलेआम रुपमा हिडडुल गरि रहेका छन । जसका कारण जिल्लामा कोरोना सक्रमितको संख्या १४१७ पुगेको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech