Close This

लालबन्दी नरगपालिकाद्धारा नारायण जन्ता माविका विद्यार्थीहरु सम्मानीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२ गते   ६४७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १२ को नारायण जन्ता माविका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा भएको क्विक्स कप अन्र्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगीतामा सहभागी भएको लालबन्दी नगरपालिका १२ जियाजोरको नारायण जन्ता माविका विद्यार्थीहरुले प्रथम स्थान हासिल गरेका थिए । यहि मंसिर ८ गतेदेखि मंसिर १९ गतेसम्म काठमाण्डौँमा भएको प्रतियोगीतामा प्रदेश नम्बर २ बाट सर्लाही र धनुषाको सहभागीता रहेको थियो । 
देशभरका १ हजार ३ सय ६५ माविहरुबाट छनोट हुदैँ टप १६ मा परी क्विक्स कप अन्र्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगीतामा प्रथम भएको भन्दै लालबन्दी नगरपालिकाले प्रतियोगीतामा सहभागी १८ जना खेलाडी विद्यार्थीहरु,१ जना प्रशिक्षक र २ जना अफिसियल गरि २१ जनालाई सम्मान पत्रका साथ १२ हजार १ सय ५० प्रति खेलाडी विद्यार्थीहरुलाई नगदले सम्मान स्वारुप सहयोग गरेको लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार राष्ट्रिय  प्रतियोगीतामा सहभागी भएर  प्रथम हुँदा आफुहरुको शान पनि फरक भएको साथै खेलाडीहरुको मनोबल बढाउन सहयोग पुगोस भन्ने उद्धेश्यका साथ सम्मान गरिएको हो । खेलाडी विद्यार्थीहरुलाई नगर प्रमुख मान बहादुर खड्का,विभिन्न वडाका वडा अध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत लगायतले सम्मान गरेका नारायण जन्ता मावि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नारायण गुर्मछानले बताउनु भयो । शुक्रबार नगरपालिकाले एक औपचारीक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech