Close This

सागरनाथ वन विकास परियोजनाले ३१ जना ज्यालादारी मजदुरलाई कामबाट निकाल्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१७ गते   ३३४ पटक हेरिएको

सागरनाथ वन विकास परियोजनाले ३१ जना ज्यालादारी मजदुरहरुलाई कामबाट निकालेको छ । सागरनाथ वन विकास परियोजना सर्लाहीले ३१ जना ज्यालादारी मजदुरहरुलाई विभिन्न वाहना बनाउँदै कामबाट निकालेको हो ।
विगत करिब १० वर्षदेखि काम गर्दै आएका ३१ जना ज्यालादारी मजदुरलाई परियोजनाले तलब खुवाउन नसक्ने बाहना बनाउँदै कामबाट निकालेको हो । परियोजनाले अर्थ मन्त्रालयले माघ १ गतेदेखि एकसय जनालाई मात्र काममा खटाउन भनेपछि प्राविधिक टोली र बोर्ड बैकठले ३१ जनालाई कामबाट निकालेको परियोजनाका प्रमुख राम किशोवर यादवले बताए ।
उनका अनुसार एक सय ३२ जना ज्यालादारी मजदुरहरु परियोजनामा कार्यरत रहेका र बोर्ड बैठक,अर्थ मन्त्रालय र परियोजनाको प्राविधिक टोलीले गरेको सिफारिसका आधारमा माघ १ गतेबाट ३१ जनालाई कामबाट निकालीएको र एकजना उमेरहदका कारण अनिवार्य अवकाश भएका छन् ।
परियोजना आर्थिक रुपमा धारासायी बन्दै गएको जसका कारण परियोजनामा कार्यरत करिब दुई सय जना कर्माचारीहरु र मजदुरहरुले तलब भक्ता नपाएको विषयमा अर्थ मन्त्रालय,बोर्ड कमिटि र प्राविधिक टोलीलाई जानकारी गराइएको र माघ १ गतेबाट दैनिक ज्यालादारी ३१ जालाई काममा नखटाउन परिपत्र भएपछि कामबाट निकालीएको परियोजना प्रमुख यादवले बताए ।
एकैघरका एक जना भन्दा बढी काम गरि रहेकाहरुमा एक जनालाई काममा खटाएको र बाँकीलाई निकालीएको साथै प्राविधिक टोलीको सिरफारिसमा अरुलाई निकालीएको परियोजनाले जनाएको छ ।
यता, आफुहरुले विगत करिब १० वर्षदेखि काम गर्दै आएको र अहिले थाहै नदिई गुपचुप कामबाट निकालीएकोभन्दै ज्यालादारी मजदुरहरुले आक्रोस व्यक्त गरेका छन् । अहिले वार्ता चलि रहेको र दुई दिन भित्रमा आफुहरुको हित विपरित निर्णय आएमा आन्दोलन गर्ने कामबाट निकालीएका मजदुरहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech