सिन्धुलीका स्थानिय तहहरुमा बेरुजुको चाङ,तीनपाटनको सबै भन्दा धेरै र घ्याङलेखमा सबै भन्दा कम

167 Shares

सिन्धुलीका स्थानिय तहहहरुमा बेरुजुको चाङ देखिएको छ।दुई वटा नगरपाालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानिय तह रहेको सिन्धुलीमा बेरुजुको चाङ देखिएको छ।स्थानिय तहहरुले एक भरी गर्ने आम्दानी र खर्चहरु नियम कानुन अनुसार छ की छैन भनेर हरेक वर्ष महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्ने गर्छ ।
महालेखा परीक्षकको कार्यालयले सिन्धुलीका स्थानिय तहहरुको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखा परीक्षण गरेर गएको बैशाख ३१ गते प्रतिवेदन नै बुझाएको छ।महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सिन्धुलीको तीनपाटन गाउँपालिकामाथि सबै भन्दा धेरै बेरुजु देखिएको छ ।

WhatsApp Image 2026-07-31 at 9.24.41 PM.jpeg
महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनका आधारमा तीनपाटन गाउँपालिकाको सबै भन्दा धेरै रू.एक अर्ब ९३ करोड ५३ लाख दुई हजारको आय/व्ययको लेखापरीक्षणबाट रू.नौ करोड ६५ लाख पाँच हजार बेरुजु देखिएकोमा प्रतिक्रियाबाट रू.४५ लाख १४ हजार फस्यौट भइ सम्परीक्षणबाट रू.नौ करोड १९ लाख ९१ हजार बेरुजु बाँकी रहेको छ ।
जस मध्ये असुल गर्नुपर्ने बेरुजु रू.एक करोड ३२ लाख १५ हजार,प्रमाण कागजात पेस गर्नुपर्ने रू.छ करोड ४८ लाख ३० हजार,नियमित गर्नुपर्ने रू.एक करोड ३१ लाख चार हजार र पेश्की बाँकी रू.आठ लाख ४२ हजार रहेको छ।तीनपाटन गाउँपालिकाको गत वर्षसम्म कायम बेरुजु रू.३६ करोड नौ लाख ४७ हजार रहेकोमा यस वर्षको रू.नौ करोड १९ लाख ९१ हजार थप समेत गरी हालसम्म अद्यावधिक बेरुजु रू.४५ करोड २९ लाख ३७ हजार बाँकी रहेको छ । 
त्यस्तै,हरिहरपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखा परीक्षणमा आय/व्ययतर्फ रू.एक अर्ब ४४ करोड ४६ लाख ६३ हजारको लेखापरीक्षणबाट रू.छ करोड ८५ लाख ६३ हजार बेरुजु देखिएकोमा प्रतिक्रियाबाट रू.४६ लाख सात हजार फस्र्यौट भई प्रतिक्रियाबाट रू.२५ लाख चार हजार बेरुजु थप भई सम्परीक्षणबाट जम्मा रू.छ करोड ६४ लाख ६० हजार बेरुजु बाँकी रहेको छ।
प्रतिवेदनका अनुसार असुल गर्नुपर्ने रू.२० लाख १९ हजार,प्रमाण कागजात पेस गर्नुपर्ने रू.एक करोड १८ लाख एक हजार, नियमित गर्नुपर्ने रू.पाँच करोड २१ लाख ५२ हजार र पेशकी बाँकी रू.चार लाख ८७ हजार रुपैँया बेरुजु रहेको छ।गत वर्षसम्म रू.आठ करोड ९६ लाख २० हजार बेरुजु रहेको थियो।यस वर्ष रू.छ करोड ६४ लाख ६० हजार थप भए पछि हरिहरपुरगढी गाउँपालिकाको हालसम्म अद्यावधिक बेरुजु रू. १५ करोड ६० लाख ८० हजार पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 
गोलन्जोर गाँउपालिकाको रू.एक अर्ब ३४ करोड ९२ लाख ९८ हजारको आय/व्ययको लेखापरीक्षणबाट रू.चार करोड ८१ लाख ८० हजार बेरुजु देखिएकोमा प्रतिक्रियाबाट रू.चार लाख २५ हजार सम्परीक्षण भई जम्मा रू.चार करोड ७७ लाख ५५ हजार बेरुजु बाँकी रहेको छ। जसमा असुल गर्नुपर्ने रू. आठ लाख ३० हजार,प्रमाण कागजात पेस गर्नुपर्ने रू.दुई करोड तीन लाख ५० हजार,नियमित गर्नुपर्ने रू.दुई करोड ४२ लाख ९६ हजार र पेशकी बाँकी रू.२२ लाख ७९ हजार बेरुजु रहेको छ ।
गत वर्षसम्म कायम बेरुजु रू.आठ करोड ७४ लाख ७६ हजार रहेकोमा यसवर्षको रू. चार करोड ७७ लाख ५५ हजार थप समेत गरी हालसम्म अद्यावधिक बेरुजू रू.१३ करोड ५२ लाख ३१ हजार बाँकी रहेको छ। 
मरिण गाँउपालिकाको रू.एक अर्ब ३४ करोड ७० लाख ४६ हजारको आय÷व्ययको लेखापरीक्षणबाट रू.तीन करोड ८५ लाख २६ हजार बेरुजु देखिएकोमा प्रतिक्रियाबाट रू.दुई लाख फस्यौट भई जम्मा रू.तीन करोड ८३ लाख २६ हजार बेरुजु बाँकी रहेको छ।असुल गर्नुपर्ने.रू.१७ लाख २२ हजार,प्रमाण कागजात पेस गर्नुपर्ने रू.एक करोड ४८ लाख ८६ हजार,नियमित गर्नुपर्ने रू.एक करोड ४२ लाख ८० हजार र पेशकी बाँकी रू.७४ लाख ३८ हजार रहेको छ । मरिण गाउँपालिकाको गत वर्षसम्म कायम बेरुजु रू.१० करोड ६५ लाख ७९ हजार रहेकोमा यसवर्षको रु तीन करोड ८३ लाख २६ हजार थप समेत गरी हालसम्म अद्यावधिक बेरुजू रू.१४ करोड ४९ लाख पाँच हजार बाँकी रहेको छ। 
सिन्धुलीको सबै भन्दा पहिलो र पुरानो नगरपालिका कमलामाई नगरपालिकाको आय/व्ययतर्फ रू.तीन अर्ब २२ करोड १२ लाख ३३ हजारको लेखापरीक्षणबाट रू.दुई करोड ५३ लाख ९२ हजार बेरुजु देखिएकोमा प्रतिक्रियाबाट रू.तीन लाख ७१ हजार सम्परीक्षण भई जम्मा रू.दुई करोड ५२ लाख २८ हजार बाँकी रहेको छ।कमलामाईको असुल गर्नुपर्ने बेरुजु रू.१५ लाख २१ हजार,प्रमाण कागजात पेस गर्नुपर्ने रू.१८ लाख ५२ हजार,नियमित गर्नुपर्ने रू.दुई करोड १७ लाख पाँच हजार र पेशकी बाँकी रू.एक लाख ५० हजार रहेको छ । कमलामाईको गत वर्षसम्म कायम बेरुजु रू.नौ करोड ६३ लाख तीन हजार मध्ये रू.१४ लाख ५० हजार सम्परीक्षण भई यसवर्षको रू.दुई करोड ५२ लाख २८ हजार थप समेत गरी हालसम्म अद्यावधिक बेरुजु रू.१२ करोड ८२ हजार बाँकी रहेको छ ।
सुनकोशी गाउँपालिकाको आय/व्ययतर्फ रू.एक अर्ब ४५ करोड १५ लाख ८० हजारको लेखापरीक्षणबाट रू.दुई करोड १९ लाख २७ हजार बेरुजु देखिएको छ।कुनै प्रतिक्रिया प्राप्त नभएकोले असुल गर्नुपर्ने रू.२३ लाख ३२ हजार,प्रमाण कागजात पेस गर्नुपर्ने रू.एक करोड चार लाख ५९ हजार, नियमित गर्नुपर्ने रू. ७८ लाख ३६ हजार र पेशकी बाँकी रू.१३ लाख रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । गत वर्षसम्म कायम बेरुजु रू.२२ करोड ९० लाख ६७ हजार मध्ये रू.दुई लाख १३ हजार सम्परीक्षण भई यसवर्षको रू.दुई करोड १९ लाख २७ हजार थप समेत भई हालसम्मको अद्यावधिक बेरुजु रू.२४ करोड सात लाख ८१ हजार बाँकी रहेको छ। 
दुधौली नगरपालिकाको आय/व्ययतर्फ रु.दुई अर्ब ५६ करोड ४१ लाख ४६ हजारको लेखापरीक्षणबाट रु.दुई करोड ४६ लाख ३७ हजार बेरुजु देखिएकोमा प्रतिक्रियाबाट रु.३४ लाख ६८ हजार सम्परीक्षण भई जम्मा रु.दुई करोड ११ लाख ६८ हजार बेरुजु बाँकी रहेको छ। जसमा प्रमाण कागजात पेस गर्नुपर्ने रु.एक करोड ८४ लाख ८१ हजार र नियमित गर्नुपर्ने रु.२६ लाख ८७ हजार रहेको छ । गत वर्षसम्म कायम बेरुजु रु.छ करोड आठ लाख ६६ हजार,मध्ये रु.३३ लाख ५७ हजार सम्परीक्षण भई यस वर्षको थप रु.दुई करोड ११ लाख ६९ हजार समेत हालसम्म अद्यावधिक बेरुजु रु.सात करोड ८६ लाख ७८ हजार बाँकी रहेको छ। 
फिक्कल गाउँपालिकाको आय/व्यय तर्फ रु.एक अर्ब १७ करोड ३१ लाख ३९ हजारको लेखापरीक्षणबाट रु.एक करोड ९८ लाख ७८ हजार बेरुजु देखिएकोमा प्रतिक्रियाबाट रु.४८ लाख ३० हजार सम्परीक्षण भई जम्मा रु. एक करोड ५० लाख ४८ हजार बेरुजु बाँकी रहेको छ।जस मध्ये नियमित गर्नुपर्ने रु.एक करोड ४३ लाख ९८ हजार र पेशकी बाँकी रु.छ लाख ५० हजार बेरुजु रहेको छ।गत वर्षसम्म कायम बेरुजू रु. आठ करोड ३९ लाख ५३ हजार मध्ये रु. चार करोड १० लाख ७० हजार सम्परीक्षण भई सम्परीक्षणबाट थप रु.एक लाख ४५ हजार र यस वर्षको थप रु.एक करोड ५० लाख ४८ हजार समेत हालसम्म अद्यावधिक बेरुजु रु. पाँच करोड ८० लाख ७६ हजार बाँकी रहेको छ। 
सिन्धुलीकै सानो पालिका घ्याङलेख गाउँपालिकाको आय/व्ययतर्फ गरी जम्मा रु.९० करोड ५९ लाख ४६ हजारको लेखापरीक्षण सम्पन्न गरिएको छ।गाउँपालिकाको लेखापरीक्षणबाट रु.एक करोड २९ लाख ७६ हजार बेरुजु देखिएकोमा प्रतिक्रियाबाट रु.५० लाख ९९ हजार सम्परीक्षण भई जम्मा रु.७८ लाख ७७ हजार बेरुजु बाँकी रहेको छ।  
प्रतिवेदन अनुसार असुल गर्नुपर्ने रु.सात लाख ५८ हजार,प्रमाण कागजात पेस गर्नुपर्ने रु.१० लाख ४२ हजार र नियमित गर्नुपर्ने रु.६० लाख ७७ हजार रहेको छ।गत वर्षसम्म कायम बेरुजु रु.१४ करोड २७ लाख १३ हजार मध्ये रु.१५ लाख २२ हजार सम्परीक्षण भई यस वर्षको थप रु.७८ लाख ७७ हजार समेत हालसम्म अद्यावधिक बेरुजु रु.१४ करोड ९० लाख ६८ हजार बाँकी रहेको छ।

सम्बन्धित समाचार