सर्लाहीको बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको नव जन जागरण मा.विमा एकैदिन दुई वटा अक्षय कोष खडा गरिएको छ।बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको नव जन जागरण मा.वि.को दीर्घकालीन शैक्षिक एवम व्यवस्थापकीय विकासका लागि भन्दै एकैदिन दुई वटा अक्षय कोष स्थापना गरिएको प्रधानाध्यापक बद्री पोख्रेलले जानकारी दिए ।
उनका अनुसार २०५९ सालमा एसएलसी उत्र्तिण गरेका विद्यार्थीहरूले एक कार्यक्रमको आयोजना गरी एउटा अक्षय कोष र आफ्नी स्वर्गीय आमा भक्त कुमारी पौडेलको नाममा उनका छोरा नरेश पौडेलले अर्काे अक्षय कोष खडा गरेका हुन ।बागमती नगरपालिका ८ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लि.मा कार्यरत पौडेलले विद्यालयबाट हरेक वर्ष एसईईमा उत्कृष्ट हुने एक जना छात्र र छात्रालाई पुरस्कार प्रदान गर्नका लागि भन्दै आफ्नी स्वर्गीय आमा भक्त कुमारीको नाममा रु ५५ हजारको अक्षय कोष खडा गरेका हुन ।
शुक्रबार पुर्व विद्यार्थीहरुले खडा गरेको अक्षय कोषमा एकै दिन रु दुई लाख ४३ हजार आठ सय ८६ र पौडेलले आफ्नी आमाको नाममा खडा गरिएको अक्षय कोषमा रु ५५ हजार गरी रु दुई लाख ९८ हजार आठ सय ८६ रकम जम्मा भएको विद्यालय प्रशासनले जनाएको छ ।आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने र विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रवद्र्धन गर्दै विद्यार्थीहरूको प्रतिभा पहिचान गरी अगाडि बढ्न हौसला प्रदान गर्ने उद्धेश्यले अक्षय कोष खडा गरिएको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए।उनका अनुसार नगर भित्रका सबै सामुदायिक विद्यालयहरुले क्रमिक रुपमा समुदायलाई विद्यालयसंग जोड्न अक्षय कोष खडा गर्ने काम भई रहेका छन् ।
विद्यालयमा खडा गरिएको अक्षय कोषमा जो कोहिले पनि आफ्नो जन्मदिन,विवाहोत्सव एवम विषेश दिनमा आफुले इच्छाइएको रकम प्रदान गर्न सक्ने र कोषबाट आउने ब्याज र अन्य लाभांशबाट मात्र विद्यालयले खर्च गर्ने गरि अक्षय कोष खडा गरिएको २०५९ सालमा एसएलसी उत्र्तिण गरेका विद्यार्थी ब्याचका संयोजनकर्ता रितिक खड्काले जानकारी दिए ।उनका अनुसार विद्यालयका अन्य ब्याचका विद्यार्थीहरुले पनि सो अक्षय कोषमा रकम जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।अक्षय कोष स्थापना अभियानमा जोडिन स्थानीय समुदाय,पूर्वविद्यार्थी र सरोकारवालाहरूलाई विद्यालय परिवारले अनुरोध समेत गरेको छ ।
अक्षय कोषमा पौडेलले रु ५५ हजारका साथै रितिक खडकाले रु ३५ हजार पाँच सय ५१,नमु पाण्डेले रु २५ पाँच सय ५१,रविन दर्लामी मगरले रु २५ हजार,यसोदा ढकालले रु ११ हजार,अनु गुरागाईले रु १० हजार,राम सागर चौधरीले रु पाँच हजार एक सय,राकेश खत्रीले रु १० हजार ५०,सरोज खडकाले रु पाँच हजार,ओम बबहादुर कार्कीले रु पाँच हजार,सुनिता लामाले रु पाँच हजार एक सय,नदिप रायमाझीले रु पाँच हजार एक सय,कुमार बस्नेतले दुई हजार पाँच सय,प्रमोद महतोले रु दुई हजार पाँच सय,हिरा भट्टराईले रु पाँच हजार,पदमा कोइरालाले रु पाँच हजार पाँच सय ५५,मान बहादुर तामाङले रु पाँच हजार पाँच सय ५५,विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेकी मीना कार्कीले एक हजार,जेनिसा गोले रु दुई हजार दुई २२,विजय उप्रेतीले रु २५ हजार,रोसन श्रेष्ठले रु १० हजार,सिद्धार्थ श्रेष्ठ रु पाँच,
पर्वत थापाले रु पाँच हजार,विनय महतोले रु पाँच हजार,मनिता श्रेष्ठले रु पाँच हजार पाँच सय,उवेश श्रेष्ठले रु तीन हजार,यलम हँग राईले रु पाँच हजार पाँच सय ५१,उज्जवल पोखरेलले रु दुई हजार,पुष्कर श्रेष्ठले रु पाँच हजार पाँच सय ५१ र सञ्जय श्रेष्ठले रु पाँच हजार पाँच सय गरी रु दुई लाख ९८ हजार आठ सय ८६ रकम कोषमा जम्मा गरेका विद्यालयका प्रधाानध्यापक पोख्रेलले बताए ।२५ वटा सामुदायिक विद्यालय रहेको बागमती नगरपालिकाका हरेक सामुदायिक विद्यालयहरुले विद्यालयसंग अभिभावकलाई जोड्न अक्षय कोष स्थापनाको काम गरि रहेका बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।