नेकपा(माओवादी केन्द्र)का नेता नरेन्द्र साह कलवारले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि यस क्षेत्रका युवाहरु भोट हाल्न उत्साहित भएका छन् ।
देश विकासका लागि युवाहरुको नेतृत्व आवश्यक छ भनेर आवाजहरु उठीरहेका बेला युवा उम्मेदवारका रुपमा नेता साहलाई पाएपछि सर्लाही क्षेत्र नम्बर ३ का युवाहरु उत्साहित भएका हुन् ।
निवर्तमान माननीय साहले आफ्नो निर्वाचन क्षेत्रमा विकासको मुल फुटाउदै नागरिकको मन जितेर एक सफल जनप्रतिनिधिको परिचय दिएका र युवाहरुकाे भावनासंग नजिक रहेका युवा नेता साहले आफ्नाे निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न पाउनु आफुहरुका लागि खुसीको कुरा भएको युवा नेता माेहनलाल श्रेष्ठ(सन्देश) ले बताए ।
आगामी मंसिर ४ गते हुने निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई समग्र सर्लाही र आफ्नो निर्वाचन क्षेत्रमा उल्लेख्य विकास गर्न अर्थपुर्ण भुमिका रहने युवाहरुको अपेक्षा रहेको माओवादी केन्द्रका युवा नेता श्रेष्ठले बताए ।
माओवादी केन्द्र सर्लाहीका नेता साहले बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
गठबन्धन दलको तर्फबाट साह प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार बन्नुले निर्वाचित भएपछि पनि साझा भएर समग्र जिल्लाको विकासमा लाग्ने नेपाली काग्रेसका नेता दिपक रानाभाटले बताए ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार साहले सर्लाही र आफ्नो निर्वाचन क्षेत्रमा गर्नुपर्ने विकासको आवश्यकताका बारेमा आफुँ जानकार रहेकाले सोही अनुसारका योजनाहरु घोषणा पत्रमा लिपिबद्ध गरी क्रमश पुरा गर्ने रानाभाटले बताए ।