सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित रहेको बिशाल आयल ट्रेडिङलाई रु एक लाख जरिवाना गरिएको छ।असोज २२ गते गुणस्तर तथा नापतौल कार्यालय जनकपुर,जिल्ला प्रशासन कार्यालय सर्लाही र घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको संयुक्त अनुगमन समितिले पेट्रोल वितरण प्रणालीमा उपभोक्तालाई ठगि गरेको पाइएपछि स्टाण्डर्ड नाप र तौल ऐन,२०२५ अनुसार मलंगवा नगरपालिका ४ स्थित रहेको बिशाल आयल ट्रेडिङलाई रु एक लाख जरिवाना गरिएको गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई जानकारी गराएको पत्रमा उल्लेख गरिएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रमुख सुनिल कुमार यादवले हस्ताक्षर गरेको पत्र संख्या ०८२।०८३ र चलानी नम्बर ३६ भएको उक्त पत्रमा राजस्व तिरेको आम्दनी रसीदको प्रतिलिपी समेत राखेर पठाइएको भनिएको छ ।जिल्लाका १२ वटा पेट्रोल पम्पहरुको अनुगमन गर्दा अन्य पेट्रोल पम्पहरुमा कुनै समस्या नदेखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।