एकीकृत समाजवादी सर्लाहीद्वारा वार्ता कमिटि गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-६ गते   ५०२ पटक हेरिएको

नेकपा(एकीकृत समाजबादी) जिल्ला कमिटी सर्लाहीले स्थानीय निकायको निर्वाचनमा गठबन्धन गर्ने बिषयमा वार्ता कमिटी गठन गरेको छ । आईतबार हरिपुरमा भएको बिस्तारित पदाधिकारी बैठकले वार्ता कमिटी बनाएको एकीकृत समाजवादी सर्लाहीका संगठन विभाग प्रमुख भरत कुमार कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार जिल्ला अध्यक्ष सुरेन्द्र लामाकाे संयोजकत्वमा  ४ सदस्यीय वार्ता कमिटी गठन गरिएको हाे । 
वार्ता समितिमा लामाकाे संयाेजकत्वमा  देबेन्द्र राय, अन्जु पौडेल र गोबिन्द अधिकारी सदस्य रहेका जिल्ला प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयाे  ।उहाँका अनुसार स्थायी कमिटी सदस्य रामचन्द्र झाले बैठकमा निर्बाचन केन्द्रित भएर काममा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।  वैठकमा झाले के. पि. शर्मा ओली कम्युनिस्ट आदर्शबाट नै बाहिर गएकाले नेकपा एमालेको अलमलमा नपर्न आव्हान गर्नु भएको एकीकृत समाजवादी सर्लाहीका अध्यक्ष लामाले बताउनु भयाे । बैठकले चैत १५ गते भित्र संगठन निर्माणको काम सक्ने, अरु पार्टीसँग वार्ता भए पनि आवश्यक परे एक्लै उम्मेदवारी दिएर जित्ने गरी निर्वाचनमा जुट्ने, पार्टी प्रचार बिभागलाई पूर्णता दिने, चुनाबसम्म पूर्ण समय पार्टीलाई प्रदान गर्ने लगायतका निर्णय गरेको एकीकृत समाजवादी सर्लाहीले जनाएकाे  छ ।
जिल्ला अध्यक्ष लामाको अध्यक्षतामा भएको बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल , रबिन्द्र बैठा, डिल्ली उप्रेती, बेची लुङेली, जमरुद्दिन मन्सुर, हरि सहनी, आरती लामा, गोबिन्द अधिकारी लगायतले आफ्ना धारणाहरु राखेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech