ट्रकको ठक्करबाट दुई जनाकाे मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-१-७ गते   २९२ पटक हेरिएको

शंखर पहाडी (गाैरब)

सर्लाहीको लालबन्दी नगरपालिका – ६ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
लालबन्दी नगरपालिका ६ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत कालीन्जोर पुल नजिक भएको दुर्घटनामा महाेतरीकाे गाैसलाका काका भतिजकाे घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
लालबन्दीबाट रानिगन्ज तर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोहीदिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकल चालक महाेतरीकाे गौसला नगरपालिका  ११ का श्रवण कूमार महतो र सनेही माेटरसाईकलमा  पछाडी सवार उनका भतिज बिक्रम कूमार महतोको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ट्रक चालक सुनसरीकाे ईटहरी १० बस्ने  अन्दाजी बर्ष ३४ कन जितेन्द्र चौधरी सहित  दुर्घटनामा संग्लग्न ट्रक र माेटरसाईकल ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech