सर्लाहीमा भएका २ दुर्घटनामा एकको मृत्यु ५ घाईते

404 Shares

पुर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको हरिवन नगरपालिका ११ बासाटोलमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नयाव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पुर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको हरिवन नगरपालिका ११ बासाटोलमा टिपर पुर्वबाट पश्चीम तर्फ जाँदै गरेको प्र.२–०३–००१ क ११३७ नम्बरको टिपरले बागमती प्रदेश ०२–०३७ प ४४०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक हरिवन नगरपालिका ७  गणेश टोलका अन्दाजी वर्ष ४२ का दिपक अधिकारी गम्भिर घाईते भई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पुर्याएका भएपनि चिकित्सकले मृत घोषणा गरेका छन्।ठक्कर दिने टिपर र टिपरका चालक बागमती नगरपालिका ४ जिरायतका टेक बहादुर थिङ प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।
त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित बाँके जंगलमा शुक्रबार बस पल्टिँदा पाँच जना यात्रु घाइते भएका छन् ।काठमाडौँबाट धरानका लागि छुटेको प्रदेश १–०२–००१ ख ९७३७ नम्वरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित बाँके जंगलमा शुक्रबार बस आफैँ पल्टिँदा पाँच जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नयाव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित बाँके जंगल स्थित बाँके खोलाको पुल र संग्रामपुरतर्फ जाने चोकको बिचमा पल्टिएको हो।दुर्घटनामा सुनसरीको नरसिंह घोत्रहा गाउँपालिका ८ का अन्दाजी २४ वर्षका आलम हजाम, सुनसरी कै हरीनगर गाउँपालिका ६ का अन्दाजी १४ का अव्दुल आहव,धनुषाको सबैला नगरपालिका ५ मखनाहाका  अन्दाजी २८ वर्षका मुकेश रजक,धनुषाको सबैला नगरपालिका ५ मखनाहाका अन्दाजी १७ वर्षकी प्रिति रजक र धनुषाकै सबैला नगरपालिका स्थित  ढोलबाजाका अन्दाजी २५ वर्षकी राघनी रजक घाईते भएका छन् ।
दुर्घटनामा घाईते भएका पाँचै जना यात्रुहरुको अवस्था खतरामुक्ता रहेको साथै बस समितिसंग समन्वय गरी आफूूलाई पायक पर्ने स्थानमा उपचारका लागि पुुर्याउने काम भई रहेको जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीले जनाएको छ ।दुर्घटनामा संग्लग्न बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार