उपचार केन्द्रको लार्पबाहीका कारण सर्पले डसेर लालबन्दी २ की साँढे २ वर्षीया बालिकाको मृत्यु

225 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा एक बालिकाको ज्यान गएको छ।लालबन्दी नगरपालिका–२ नवलपुर गैरीटोलमा विषालु सर्पको डसाइबाट एक साँढे दुई वर्षीया बालिका शिवानीकुमारी बैठालाई आफ्नै घरमा खेलिरहेको अवस्थामा गोमन सर्पले डस्दा ज्यान गएको हो।पारिवारिक स्रोतका अनुसार घरमा खेलिरहेकी बालिका एक्कासी चिच्याएर रोएपछि सर्पले डसेको आशंका गरिएको थियो।बालिकाकी आमा र घरमा इन्टरनेट जडानका लागि आएका प्राविधिक युवाहरू मिलेर खोजी गर्दा घरभित्र गोमन सर्प फेला परेको थियो।

WhatsApp Image 2026-07-31 at 9.24.41 PM.jpeg
सर्पले डसेको पुष्टि भएलगत्तै बालिकालाई तत्काल उपचारका लागि लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा पु¥याइएको थियो।त्यहाँ करिब आधा घण्टासम्म प्राथमिक उपचार गर्दा पनि बालिकाको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि स्वास्थ्यकर्मीले भेन्टिलेटर सुविधा भएको बर्दिवास वा जनकपुरका अस्पतालमा लैजान रेफर गरेका थिए।थप उपचारका लागि बर्दिवास पु¥याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन ।

WhatsApp Image 2026-08-05 at 9.39.34 AM (1).jpeg
बालिकालाई विष शरीरभरि फैलिसकेको र अत्यन्तै गम्भीर अवस्थामा अस्पताल ल्याइएकाले बचाउन कठिन भएको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले बताए । उनका अनुसार केन्द्रमा लामो समयदेखि भेन्टिलेटर सञ्चालनमा नरहेकाले एन्टिस्नेक भेनम दिएर तत्काल बर्दिवास रेफर गरिएको थियो ।
बालिकाको मृत्यु भएपछि आक्रोशित बनेका परिवार,आफन्त र स्थानीय युवाहरूले केन्द्रको लापरवाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका छन्।भेन्टिलेटर प्रयोगमा ल्याउन भन्दै केन्द्रले चिकित्सकहरुलाई तालिम दिएको भएपनि भेन्टिलेटर प्रयोगमा नल्याउँदा सर्पदंशका बिरामीहरुको अकालमा ज्यान जाने क्रमा रोकिएको छैन् ।

सम्बन्धित समाचार