सर्लाहीको कौडेना गाउँपालिकाले बुधबार(आज)१२ औँ गाउँसभा गरेको छ।बुधबार(आज) गाउँपालिकाका अध्यक्ष रुपेश कुमारको अध्यक्षता एवम नेपाली कांग्रेस सर्लाहीका निवर्तमान जिल्ला सभापति लक्ष्मण रायको प्रमुख आतिथ्यतामा आयोजित १२ औँ गाउँसभामा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि रु ३५ करोड भन्दा बढी बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका उपाध्यक्ष नगीना देवी,वडाध्यक्षहरु,गाउँसभा सदस्यहरु लगायतको उपस्थितिमा भएको १२ औँ गाउँ सभामा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ करोड ७३ लाख ६८ हजार नौ सय ९९ को बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष रुपेशले जानकारी दिए।२० वटा स्थानीय तहहरु रहेको सर्लाहीमा आगामि आर्थिक वर्ष २०८१/०८२ का कौडेना गाउँपालिकाले बुधबार(आज) पहिलो गाउँसभाको आयोजना गरी बजेट प्रस्तुत गरेको हो ।
शिक्षा,स्वास्थ्य,सडक,भौतिक पुर्वाधार,कृषि सहित शुद्घ पिउँने पानीलाई प्राथमिकतामा राखेर आगामि आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरेको गाउँपालिकाका अध्यक्ष रुपेशले बताए ।आगामि आर्थिक वर्षको बजेट असार १० गते भित्र पालिकाहरुले गाउँ तथा नगर सभा गरेर ल्याउनु पर्ने प्रावधान अनुरुप अन्य पालिकाहरुले पनि बजेट ल्याउन अन्तिम तयारी गरि रहेका पाइएको छ ।
आगामि बजेटको तयारीमा सर्लाहीका स्थानीय तहहरु
सर्लाहीका स्थानीय तह बजेटको तयारीमा जुटेका छन्।असार १० गतेभित्रै गाउँसभा÷नगरसभा बोलाएर आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाहरुले बजेटको तयारीमा लागेका हुन ।
केही स्थानीय तहले कार्यपालिकाको बैठक राखेर बजेटबारे छलफल सुरु गरि सकेका छन् भने केही पालिकाहरुमा आगामि आर्थिक वर्षका लागि योजनाहरु छनोटको काम भई रहेको हाम्रा सम्वाददाताहरुले जानकारी दिए छन् ।त्यस्तै लालबन्दी नगरपालिका भोलि(बिहीबार)नगरसभाको उद्घाटन गर्ने तयारी गरेको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष एवम नगर प्रवक्ता गणेश बहादुर थापाले जानकारी दिए ।