सर्लाहीको बागमती नगरपालिका का नगर प्रमुख भरत कुमार थापाले विभिन्न मिडियाहरु माथि आक्रोस व्यक्त गरेका छन्।नगरपालिकाका विकास निर्माणका विषयमा विभिन्न माध्यमबाट मुद्धा दर्ता गरेपछि त्यही विषयलाई लिएर मिडियाहरुले विस्तृत नबुझि पत्रकारिताको धर्म,मर्म र भावना विपरित आफुखुसी समाचार प्रकाशन गरेका भन्दै नगर प्रमुख थापाले आक्रोश व्यक्त गरेका छन्।बागमती नगरापालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी निर्माणको क्रममा करोडौं रकम हिनामिना गरेको आरोपमा नगर प्रमुख थापा सहित आठ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक विभिन्न शीर्षकमा मुद्दा चलाएपछि त्यसबारे मिडियाहरूले गरेको रिपोर्टिङप्रति नगर प्रमुख थापाले कडा शब्दमा आफ्नो सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका हुन् ।
“संवेदनशील विषयमा समेत केही राष्ट्रिय भनिएका मिडिया हाउसहरुले तथ्य र प्रमाण भन्दा भावनामा बहकिएर बनावटी कथा बुनेर वास्तविक तथ्यलाई अप्रमाणित रिपोर्टिङ गरेका छन् ।के मिडिया नै अदालत हो ?रिपोर्टिङ गरेका टेलिभिजनले आफ्नो बाइट नराखेको र स्थलगत दृश्य प्रस्तुत नगरेको र मात्र चिच्याएर बोलेको छन् ।पत्रकारिताको धर्म यही हो ?”उनले आफ्नो सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।“खासगरी टेलिभिजनले आफ्नो बदनामी हुनेगरी शब्दको जाल बुनेर पत्रकारिताको मूल मर्मलाई बिर्सिएर आफ्नो आलोचना मात्र गरेका छन्।न्यायाधीश हुन् ती पत्रकार ?”उनले फेसबुकमा लेखेका छन्,।
“के अहिले चाहिँ भ्रम उजागर भयो?के मिडिया अदालत हो, टेलिभिजन शब्द प्रयोगको पनि हेक्का राख्नुपर्छ नि।कथा,साहित्य होइन,पत्रकारिता।पत्रकार न्यायाधीश हुन् ?जनताको विश्वास जित्नका लागि कन्टेन्टमा विश्वसनीयता चाहिन्छ।शब्दजाल होइन।”उनले लेखेका छन् ।नगर प्रमुख थापाको विषयमा विभिन्न मिडियाहरुले रिपोर्टिङ गर्दा एकलौटी ढंगले नगर प्रमुख थापाको भनाई नराखी रिपोर्टिङ गरेका उनका शुभचिन्तकहरुको भनाई छ ।