सर्लाहीमा सरकारी सम्पत्तिको चरम दुरुपयोग सरोकारवाला निकाय मौन

282 Shares

सर्लाहीमा सरकारी सम्पत्तिको दुरुपयोग दिन दुगुण रात चौगुण बढेको गुनासो छ।जिल्लामा रहेको केन्द्र,प्रदेश र स्थानीय तह मातहतका कार्यालयहरुका साथै स्थानीय तहहरुले सरकारी सम्पत्तिको दुरुपयोग गरेको स्थानीयको गुनासो छ। सर्लाहीमा रहेका दर्जनौँ सरकारी कार्यालयहरुका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरुले सरकारी सवारी साधनहरुको साथै सरकारी कार्यालयहरुमा हुने विभिन्न किसिमका सामानहरुको दुरुपयोग गरेका घटनाहरु सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही र जिल्ला समन्वय समिति सर्लाहीलाई जानकारी गराउँदा समेत वेवास्था गर्ने गरेका कारण जिल्लामा यस प्रकारका घटनाहरु दिनप्रतिदिन बढीरहेका हुन ।
जिल्लाका सरकारी कार्यालयहरुका साथै स्थानीय तहहरुका सवारीसाधनहरुलाई जनप्रतिनिधि तथा कर्माचारीहरुले आफ्ना श्रीमती,छोराछोरी ओसार पसार गर्नका साथै माईती ससुराली जान आउन र हाटबजारहरुमा सामान किनमेल गर्न जानुका साथै विभिन्न राजनीतिक कार्यक्रमहरुमा समेत प्रयोग हुने गरेका पाइएको जानकारहरु बताउँछन् ।त्यस्तै,स्थानीय तहहरुको कार्यालयहरुमा विभिन्न राजनीतिक दलहरुका कार्यक्रमहरु गर्ने/गराउने सम्मको क्रियाकलाप कुनै नौलो होईन्।सरकारी तथा सार्वजनिक बिदाको दिनमा पनि सरकारी सवारी साधनहरु निर्वाध रुपमा गुड्नु सर्लाहीमा सामान्य जस्तै भइसकेको छ।जिल्लामा सरकारी सम्पत्तिको चरम दुरुपयोग भइरहेको विभिन्न समयमा देख्न सकिन्छ।सरकारी भवनको दुरुपयोगसँगै सरकारी नम्बर प्लेटको सवारीसाधन बिना काम दौडिरहँदा पनि यहाँका सरोकारवाला निकाय मौन छन् । 
सरकारी सम्पत्तिको दुरुपयोग गर्नेमा यहाँका जनप्रतिनिधिहरुका साथै कर्माचारीह नै सक्रिय रहेका छन्।तसर्थ,नागरिकको करबाट खरिद गरिएको सम्पत्तिको दुरुपयोग हुन नदिन जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।जिल्लाका सामुदायिक विद्यालय समेत राजनैतिक दलले पार्टीको काममा प्रयोग भई रहेका छन् ।विद्यालयनै बन्द गरेर विद्यालयमा पार्टीगत कार्यक्रम संचालन गर्ने प्रवृद्धि विरुद्ध यहाँका विद्यार्थी संगठनले आवाज उठाउन जरुरी छ। त्यसैगरि,सरकारी सम्पत्तिलाई नीजि प्रयोजनका लागि दुरुपयोग गर्न नदिन सरोकारवाला निकायले सम्बन्धित निकायलाई खबरदारि गर्न र सरोकारवाला निकाय गंम्भिर हुन आवश्यक छ ।

सम्बन्धित समाचार