लालबन्दी नगर अस्पतालमापहिलो पटक शल्यक्रियाबाट प्रसूति सेवा सुरु

397 Shares

सर्लाहीको लालबन्दी नगर अस्पतालले शल्यक्रिया विधिबाट प्रसूति सेवा सुरु गरेको छ । लालबन्दी नगरपालिका ९ स्थित रहेको नगर अस्पतालले आवश्यक जनशक्ति र उपकरण जुटाएर शल्यक्रिया९सीएस०विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने काम सेवा सुरु गरेको अस्पतालका प्रमुख एवम प्रसूति रोग विशेषज्ञ डा.रामविश्वास रायले जानकारी दिए ।लालबन्दी नगर अस्पतालले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानखोलाकी अन्दाजी १९ वर्षिय चण्डिका मगरको शल्यक्रिया(सीएस)विधिबाट प्रसूति गराएर प्रसूति सेवा सुरु गरेको डा.रायले बताए ।तीन दिनदेखि प्रसव व्यथा लागे पनि प्राकृतिक हिसाबले प्रसूति नभएपछि शल्यक्रिया(सीएस)विधिबाट बच्चा निकालिएको डा.रायले बताए । 
अस्पतालका प्रमुख डा.रायसहित एनेस्थेटिष्ट अनिल कापर,ओटी नर्स बबिता कुमारीसहितको टोलीले नगर अस्पताल लालबन्दीमा पहिलो शल्यक्रिया(सीएस)विधिबाट प्रसूति सफलता बनाएका अस्पताल स्रोतले जनाएको छ ।लालबन्दी नगर अस्पतालमा शल्यक्रिया(सीएस)विधिबाट प्रसूति सेवा सुरु भएसँगै अब बाल रोग विशेषज्ञको व्यवस्था गर्न लागिएको नगर अस्पतालका अध्यक्ष एवम लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिए । उनले नगर अपस्तालमा“पहिलो पटक शल्यक्रिया९सीएस०विधिबाट प्रसूति सफल भएको र यसलाई अझ प्रभावकारी र नियमित गर्न आवश्यक उपकरण र जनशक्ति थप गर्दै जाने बताए ।” नगर अस्पतालमा तत्कालै बालरोग विशेषज्ञ समेत नियुक्त गर्ने वा भएका स्वास्थ्यकर्मीलाई तालिम दिएर भए पनि प्रसूति सेवालाई प्रभावकारी बनाउन लागि परेको नगर उप प्रमुख कल्पना माया पाख्रिनले बताइन् । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई गएको पुस २७ गते स्तरोन्नति गरी १५ शैयाको नगर अस्पताल बनाइएको हो।
लालबन्दी नगरपालिका सहित सर्लाहीका करिब आधा हर्जन स्थानीय निकायहरु र छिमेकी सिन्धुली जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकाका बिरामीहरुलाई सेवा दिँदै आएको नगर अस्पतालमा पछिल्लो समय विशेषज्ञ चिकित्सक राखेर सेवा सुधार गरिएसँगै बिरामीको चाप बढ्न थालेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुमताज मिक्रानीले जानकारी दिए ।उनका अनुसार नजिकै अन्यन्त्र सुविधा सम्पन्न सरकारी अस्पतालहरु नभएका र बिमाका बिरामीहरुको लागि समेत सुविधा दिनु परेका कारण बिरामीहरुको चाप बढेको छ ।

सम्बन्धित समाचार