सर्लाहीको मलंगवा नगरपालिका १ भेडियाही स्थित लडकवा नाका नजिक दशगजा नजिक एक पुरुषकाे वेवारिसे शव फेला परेकाे छ । मलंगवा नगरपालिका १ भेडियाही स्थित लडकवा नाका नजिक दशगजा क्षेत्रकाे नेपालतर्फ अन्दाजी २२/२३ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
उनका अनुसार मंगलबार दिउँसो मलंगवा नगरपालिका १ भेडियाही स्थित धानखेतमा गाउँलेले शव देखेपछि प्रहरीमा खबर गरेपछि घटना स्थलमा प्रहरी पुगेकाे हाे ।
रगतको टाटा लागेको र धान खेत माडिएको हेर्दा मृतकलाई भारततर्फ हत्या गरेर घिसार्दै दशगजा कटाउँदै नेपालतर्फ फालिएको देखिएको प्रहरीले जनाएको छ।
शवको पहिचानका लागि भारतीय सुरक्षानिकायसँग समन्वय भईरहेको प्रहरी उपरीक्षक सुबेदीले जानकारी दिए ।