Close This

मिटर रिडिङ्ग नै नगरि प्राधिकरणले जरिवाना असुल्ने गरेको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१४ गते   ४५१ पटक हेरिएको

नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ्ग नगरीकनै जरिवाना  असुल्न थालेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका छन । कोरोना भाईरस(कोभिड १९) नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ्ग नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताहरुको गुनासो छ । 
उनीहरुले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने  गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताउनु भयो । विगत ५÷६ महिना मिटर रिडिङ्ग नगरी बसेको सब स्टेशनले लक डाउन अलि सहज भएपछि विल तिर्न आउन सुचना ने जारी गरेर जरिवाना सहित शुल्क असुलेको अर्का स्थानिय रमेश कार्कीको गुनासो छ ।
विद्युत वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आम सर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लक डाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन । प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफुले पैसा तिर्दा मिटरमा उठेको रकमको जरिवाना समेतगरि तिनु परेको उनिहरुको गुनासो छ । 
लालबन्दीका यीनिहरु त उदाहाहरणका पात्र मात्र हुन । लालबन्दीमा रहेको विद्युत प्राधिकरण वितरण केन्द्रको चरम लापर्वाहीका कारण वितरण केन्द्र माताहतका अधिकांस बिजुली उपभोक्ता समस्यामा परेका छन ।  सरकारले लक डाउनको समयमा विद्युत महसुलको जरिवाना नलिन भनेको भएपनि नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ्ग नगरीकनै जरिवाना  असुल्ने गरेको गुनासो आएको हो ।
भने सुरु सुरुमा समस्या आएको तर अहिले त्यो समस्या समाधान भई सकेको साथै सबै विकल्प दिइएको भएपनि उपभोक्ताहरुले वेवास्था गरेका र सबैलाई जानकारी नभएका कारण पनि समस्या आएको विधुत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधिर कुमार रायले बताउनु भयो ।
पहिलाको निर्णय अनुसार असोज ६ गतेपछि जरिवाना लिने भनिएको र सोही अनुसार जरिवाना लिएको तर फेरी बिधुत प्राधिकरणले असोज २२ गते सम्म जरिवाना नलिने निर्णय गरेपछि बिचमा लिएको जरिवाना खपत युनिटबाट घटाउने विधुत प्राधिकरणले निर्णय गरेको  वितरण केन्द्रका प्रमुख रायले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech