मधेश प्रदेश सरकारका नवनियुक्त ऊर्जा,सिँचाइ तथा खानेपानी मन्त्री जवाहार लाल कुशवाहा सम्मानीत भएका छन्।हरिवन नगरपालिका २ स्थित रहेको सिर्जनशील युवा क्लबले एक कार्यक्रमको आयोजना गरि मन्त्री कुशवाहालाई सम्मान तथा शुभकामना कार्यक्रम गरेको क्लबका अध्यक्ष सन्तोष कुशवाहाले जानकारी दिए ।
सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क बाट स्वतन्त्र तर्फबाट २०७९ सालको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार भएका कुशवाहा प्रदेश सभामा निर्वाचित भएपछि तत्कालीन नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरी माओवादी केन्द्रको तर्फबाट मधेश प्रदेश सरकारको ऊर्जा,सिँचाइ तथा खानेपानी मन्त्रीमा भरखरै नियुक्त भएका मन्त्री कुशवाहालाई सम्मान गर्दै लामो समयदेखि ठप्प रहेको सिँचाइ बोडिङलाई पुनःसञ्चालन गर्ने स्थलगत अवलोकन समेत गराइएको क्लबका अध्यक्ष कुशवाहाले बताए ।
मन्त्री कुशवाहालाई सम्मान तथा शुभकामना कार्यक्रममा हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन कुमार योञ्जन लगायत हरिवन स्थानीय जगदेव महत्तो लगायतको विशेष उपस्थिति रहेको थियो ।त्यसैगरी, मन्त्री कुशवाहालाई हरिवन चेम्बर अफ कमर्सले समेत एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हरिवन चेम्बर अफ कमर्सका अध्यक्ष कृष्ण पोतेले जानकारी दिए ।