सरकारको लापरबाही र असंवेदनशीलताका कारण बाढी पीडितहरू थप सास्ती भोग्न बाध्य : सांसद नितीमा

385 Shares

सर्लाही क्षेत्र नम्बर १ की प्रतिनिधि सभा सदस्य एवम राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की  नेतृ नितीमा कार्की(भण्डारी)ले सरकारी संयन्त्रको चरम लापरबाही र असंवेदनशीलताका कारण भोटेकोसी बाढी पीडितहरू थप सास्ती भोग्न बाध्य भएका भन्दै आक्रोश व्यक्त गरिन् ।प्रतिनिधि सभाको अर्थ समितिमा सांसद नितीमाले भोटेकोशी बाढीबाट प्रभावित परिवारले १५ दिन सास्तीमा बिताउँदा पनि राज्यबाट पाउनुपर्ने सामान्य मानवीय व्यवहारसमेत नपाएको भन्दै आक्रोस व्यक्त गरेकी हुन ।
समिति बैठकमा बोल्दै सांसद नितीमाले एउटा विपन्न दलित परिवारले आफ्ना आफन्तको शव खोज्न सय कडा ३ रुपैयाँ ब्याजमा तीन हजार ऋण काडेर काठमाडौँ धाउनुपरेको मार्मिक यथार्थ प्रस्तुत गरिन् ।“उता शव कुहिन लागिसक्यो,यता डीएनए परीक्षण गर्न कहाँ जाने भनेर पीडित परिवारलाई यता र उता घुमाउँदै सास्ती दिइन्छ।यस्तो संवेदनशील घडीमा राज्य कहाँ छ ?सांसद नितीमाले भनिन् ।उनले बेपत्ता मजदुरका परिवारले डीएनए परीक्षणका लागि खेप्नुपरेको सास्ती र आर्थिक अभावमा ऋण काडेर शव खोज्न काठमाडौँ आउनुपर्ने अवस्थाले राज्यको उपस्थिति कमजोर रहेको पुष्टि गरेको बताइन् ।
सांसद नितीमाले विपद्को पूर्वसूचना दिने सरकारी एसएमएस प्रणालीको असफलतामाथि पनि प्रश्न उठाइन्।उनले भनिन्,।“बाढी बस्तीमा पसेको १७ मिनेटपछि मात्रै सरकारको एसएमएस जनताको मोबाइलमा पुग्यो।यस्तो ढिलो सूचना प्रणाली अक्षम्य छ ।”पूर्वसूचना प्रणाली कमजोर हुँदा मानवीय क्षति ठूलो भएको औँल्याउँदै उनले लामो समयदेखि विपद् व्यवस्थापनका लागि स्थापना भएको निकाय नै असक्षम देखिएको जिकिर गरिन्।
जलविद्युत् आयोजनामा सुरुङभित्र मजदुर फसेको विषयमा सरकारले अपनाएको नीतिप्रति पनि सांसद नितीमाले असन्तुष्टि व्यक्त गरिन्।“सरकारले जलविद्युत् प्रवद्र्धकहरूलाई तत्काल उद्धार गर्न रोक्नु हुँदैन थियो।सरकार आफैँ एक्लै हिँड्न खोज्दा उद्धार कार्यमा ढिलाइ भयो र मानिसहरू सुरुङभित्रै फसेका छन्।यो निकै दुखद छ।”उनले भनिन्।सांसद नितीमाले सरकारी संयन्त्रको यस्तो लापरबाही र ढिलासुस्तीले बाढी पीडितहरूलाई थप आहत बनाएको भन्दै तत्काल उद्धार र राहतका लागि ठोस कदम चाल्न पनि माग गरिन्।

सम्बन्धित समाचार