सर्लाहीको हरिवनमा रहेको ईलाका प्रहरी कायर्यालय हरिवनले नक्कली नोट सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसल नजिकबाट रु १ हजारका ५० थान नक्कली नोट सहित भारतको सोनवर्षाका अन्दाजी वर्ष ४० का लालमोहन पासवानलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिनु भयो ।
उहाँका अनुसार रु ५० हजार नक्कली नोट सहित पक्राउ परेका पासवानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसनधान जारी रहेको छ ।
साउन महिना बोलबम यात्रा आउने यात्रीहरुको संख्यामा बृद्धि भएसंगै अपराधिक गतिविधिहरु नहोस भन्नका लागि सर्लाही प्रहरीले ध्यानमा राख्दै आफ्नो गस्तीलाई समेत व्यवस्थीत पार्दै बढाएको छ ।