Close This

सरकारी मोटरसाईकल चालकले समेत हेल्मेट लगाउदैनन्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२ गते   ९१ पटक हेरिएको

 सर्लाहीमा सञ्चालीत अधिकांश मोटरसाइकल चालकहरुले हेल्मेट लगाउन सकभर नपरे हुने सोच्छन । जिल्लाको भित्रि गाउँहरु र ग्रामिणभेगका सडकमा मात्र नभई पुर्व पश्चीम लोकमार्गमै सञ्चालीत सरकारी तथा निजी मोटरसाईकलहरुले हेल्मेट लगाउदैनन । जिल्ला सदरमुकाम मलंगवाको सडकमा समेत मोटरसाइकल चालकहरु हेल्मेट बिना नै चलाइरहेको देखिन्छन ।
जिल्लाको मलंगवा,बरहथवा,बयलवास,हरिवन,लालबन्दी लगायतका बजारक्षेत्रमा पनि धेरै मोटरसाईकल चालकहरुले हेल्मेट नलगाइ यात्रा गरेको देखिन्छ । हेल्मेट नलगाउनेहरु संग रु ५ सय देखि रु १ हजार ५ सय सम्म जरीवान गर्न सक्ने नियम छ । यस्तै चालक अनुमती पत्र नभएकालाइ रु १ हजार देखी रु १ हजार ५ सय सम्म जरीवाना गर्ने सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पहिलेका दिनहरुमा भन्दा मोटरसाईकल चालकहरु सचेत हुदै आएको र मुख्य राजमार्गमा हेल्मेट नलगाइ हिड्ने मोटरसाईकल चालकहरुलाई कार्वाही गर्ने गरेको , सचेत गराउने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलमा चारजना सम्म चढाउने, उमेर नपुगेका किशोरहरुले मोटरसाइकल चलाउने , सवारी चालक अनुमती पत्र नभएकाहरुले मोटरसाइकल चलाउने गरेको समेत पाइन्छ । चालकको लार्पवाही , तिव्रगती, बिग्रदो सडक र सवारी साधन दुरुस्त नराखेकाले बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अनुमान छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech