न्युनतम पारिश्रमिक निर्धारण समितिद्धारा सर्लाहीका पत्रकारहरुसंग अन्र्तक्रिया,नियुक्ती पत्र समेत नपाएको गुनासो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-११ गते   १३०६ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था,चुनौती र भावी रणनीति विषय जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । लालबन्दी नगरपालिका ९ मा न्युनमत पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही  शाखाको संयोजनमा आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुले न्युनमत पारिश्रमिक पाए नपाएको,पत्रकारहरुले फिल्डमा काम गर्ने क्रममा भोगनुपरेका समस्या,चुनौती र आगामी दिनमा पत्रकारहरुले बनाउनु पर्ने रणनीति लगायतका विषयमा छलफल भएको हो ।
अन्र्तक्रिया कार्यक्रममा राष्ट्रिय मिडियामा काम गर्ने पत्रकारहरुले नियुक्ती पत्रदेखि परिचय पत्र समेत नपाएको,न्युनतम पारिश्रमिक नपाएको,पाई रहेको पारिश्रमिक पनि नियमित नपाएको पाइएको समितिकी अध्यक्ष खड्काले बताउनु भयो । उहाँले राष्ट्रिय मिडियामा देखिएको यस प्रकारका समसया समाधान गर्न आफ्नो भुमिकामा कुनै कमिकमजोरी हुन नदिने बताउनु भयो ।
अन्र्तक्रिया कार्यक्रममा सहभागी भएका सर्लाहीका क्रियासिल पत्रकारहरुले न्युनमत पारिश्रमिक नपाउँदा फिल्डमा बसेर काम गर्न निकै समस्या भएको बताएका छन् । समाचार वेसमा काम गर्दा फिल्डमा धेरै मेहनत गरेर समाचार संकलन गरेपनि डेस्कले समाचारलाई वेवास्था गरिदिँदा आफुहरु मारमा परेको बताएका समितिकी सदस्य पाण्डेले बताउनु भयो ।
छलफल कार्यक्रममा न्युनमत पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्का, सदस्य विमला पाण्डे, नेपालपत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टैक बहादुर क्षेत्री लगायत जिल्लाका क्रियासिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech