Close This

हरिवन ८ को जनजागृति माविमा व्यवस्थापन समिति चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१५ गते   २१७ पटक हेरिएको

गणेश खड्का
सर्लाहीको हरिवन नगरपालिका ८ बेतालीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन गरिएको छ । हरिवन नगरपालिका ८ बेतालीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा भएको अभिभावक भेलाले पूर्व शिक्षक चित्रप्रसाद भट्टराईको अध्यक्षतामा ६ सदस्यीय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो ।
जनजागृति माध्यमिक विद्यालयको व्यवस्थापन समितिको सदस्यहरुमा रेवतीप्रसाद प्रसाई, दीपक पौडेल,तारा बलम्पाकी,दुर्गामाया पाण्डे र यमबहादुर भुजेल रहेका हरिवन नगरपालिका ८ का वडा अध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए ।
यस्तै, अभिभावक भेलाले शिक्षक–अभिभावक संघ पनि गठन गरेको छ । शिक्षक–अभिभावक संघको संयोजकमा रामहरि घिमिरे,सदस्यहरुमा हुतराज निरौला,नवराज धमला,शर्मिला लुंगेली, सीता परियार,सरिता विक र ललिता कुमारी कुशवार रहेका विद्यालयले जनाएको छ ।
अभिभावक भेलामा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी,हरिवन नगरपालिका ८ का वडाध्यक्ष ढुंगाना,नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईंलगायतको आतिथ्यता रहेको थियो । भेलालाई सम्वोधन गर्दै नगर प्रमुख  बुढाथोकीले आफ्ना सन्ततीलाई निजी विद्यालयमा भर्ना गरेर सामुदायिक विद्यालयमा राजनीति नगर्न सबैसंग आग्रह गरे ।
उनले नगरभित्रका कुनै पनि सामुदायिक विद्यालयमा विद्यार्थीबाट शुल्क नलिने निर्णय गरी निजी स्रोतका शिक्षकलाई नगरबाटै तलब खुवाउने काम गरिरहेको बताए । हरिवन नगरपालिका ८ का वडाध्यक्ष ढुंगानाले आफू वडाभित्रका सामुदायिक विद्यालयको अवस्था सुधार गर्न प्रयत्नशील रहेको बताए ।
हरिवन नगरपालिकाले नगर भित्रका बालविकास शिक्षाकाहरुको पारिश्रमिक वृद्धि समेत गरेको छ भने सामुदायिक विद्यालयहरुको शैक्षिक सुर्धान प्रविधिमैत्री,बालमैत्री र व्यावहारीक शिक्षामा  पनि जोड दिएको नगर शिक्षा शाखा संयोजक चौलागाईले जानकारीदिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech