Close This

लाक डाउनको दोस्रो दिन शुक्रबार लालबन्दी सुनसान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-५ गते   २९९ पटक हेरिएको

कोरोनाभाइरस (कोभिड—१९) संक्रमण न्यूनीकरणका लागि लालबन्दी नगरपालिकाले  लक डाउनलाई थप कडाई गरेपछि शुक्रबार दोस्रो दिन लालबन्दी बजार सुनसान देखिएको छ । समुदाय स्तरमा कोरोना फैलिन थालेपछि नगरले जनप्रतिनिधिहरुको अगुवाईमा स्थानिय व्यापारी,व्यावसायीहरु,प्रहरी प्रशासनको सहयोगमा बजारमा लक डाउन कडाई गर्न सुरु गरेपछि बजार सुनसान बनेको हो ।
अत्यावश्यकबाहेकका सवारीहरु बन्द छन् । औषधि पसल बाहेकका व्यापार व्यावसायहरु बन्द रहेका छन । आजपनि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । चोकचोकमा प्रहरी तैनाथ रहेका छन ।शुक्रबार दोस्रो दिनपनि नगरभित्रका बजारहरुमा औषधि बाहेकका अन्य पसल खुलेका छैनन् ।सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ । भने माक्स अनिर्वाय गरिएको नगरपालिकाले जनाएको छ ।
अत्यावश्यक कामबाहेक बाहिर निस्किनेलाई लक डाउनको बारेमा जानकारी गराउने र कोरोना संक्रमण लगायतका बारेमा जानकारी गराउने साथै अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई प्रहरीले आग्रह गरेको छ । लालबन्दीमा कोरोना संक्रमित अचानक बढेपछि बिहीबारबाट नगरभित्र लक डाउनलाई थप कडाई गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech