सवारी तथा यातायात व्यवस्था विधेयक २०८१ सम्बन्धी सर्लाहीको मलंगवामा अन्तरक्रिया कार्यक्रम गरिएको छ।यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीको आयोजना तथा मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालयको सहयोगमा सर्लाही सदरमुकाम मलंगवामा सवारी तथा यातायात व्यवस्था विधेयक २०८१ सम्बन्धी सर्लाहीको मलंगवामा अन्तरक्रिया कार्यक्रम गरिएको यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीका प्रमुख राकेश यादवले जानकारी दिए ।
उनका अनुसार केही दिनअघि मात्र मधेश प्रदेश सभाबाट पारित भएको सवारी तथा यातायात व्यवस्था विधेयक २०८१ काबारेमा सरोकारवाला पक्षहरुलाई जानकारी गराउन तथा थप सल्लाह सुझाव संकलन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा सहभागिहरुबाट अत्यन्त गहन सुझावहरु आएको र भावि दिनमा नियमावली,निर्देशिका,मापदण्ड लगायत निर्माण गर्दा यथाशक्य समेटिने कार्यक्रमका प्रमुख अतिथि एवम मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले बताए ।
छोटो समयको तयारीमा समेत प्रभावकारी ढंगको कार्यक्रम आयोजना गरेको भन्दै श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र प्रसाद पौडेलले यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीलाई धन्यावद समेत दिए । उनले कार्यक्रममा उठेका सवालहरुलाई यथाशक्य सम्बोधन गर्दै नागरिकलाई सहज ढंगले सेवा प्रदान गर्न कुनै कसर बाँकी नराखिने समेत बताए ।
श्रम तथा यातायात मन्त्रालयका सचिव पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी,जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंह,सश्स्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक विनोद राज खनाल, यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीका प्रमुख यादव सहित मधेश प्रदेशका आठै जिल्लाका यातायात व्यवस्था कार्यालय प्रमुखहरु,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया मधेश प्रदेशका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्ले लगायत वटै जिल्लाका यातायात व्यवसायीहरुका संघ/संगठनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।