छिनछिनमा विद्युत अवरुद्घ हुँदा सर्लाहीबासी मारमा

445 Shares

सर्लाहीको नवलपुर–मलंगवा ३३ केभी प्रसारण लाइनको पुरानो तार हटाई नयाँ तार फेर्ने काम सुरु भएको छ ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवा खण्डमा आज(बिहीबार) बाट पुरानो तार हटाई नयाँ तार फेर्ने काम सुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश प्रसाद यादवले जानकारी दिए।

उनका अनुसार तार फेर्ने काम बिचमा कक्षा १२ काे परिक्षा परेकाले केही साता रोकिएको भए पनि आज(बिहीबार)बाट त्यो काम फेरि सुरु गरिएको हो । तार फेर्ने कामका लागि वितरण केन्द्र मलंगवा अन्तर्गतका क्षेत्रमा आज(बिहीबार)बाट दैनिक ७ बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्मका लागि बत्ती कट्न सुरु गरिएको हो ।वितरण केन्द्र मलंगवाले तार फेर्ने काम गर्नुपर्ने भएकाले जेठ १२ गतेसम्म सो समयमा बत्ती नआउने केन्द्रले जनाएको छ ।जिल्लामा रहेका तीन वटा वितरण केन्द्रहरुका क्षेत्रमा विभिन्न कारण र वाहना बनाउँदै अहिले पनि अघाेषित लाेड सेडिङ(छिनछिनमा विद्युत अवरुद्घ) हुँदा चर्को गर्मीमा स्थानीय उपभोक्ता मारमा परेका छन् ।

सम्बन्धित समाचार