Close This

विभिन्न पार्टी परित्याग गरि नेकपा(माओवादी केन्द्र) सिन्धुलीमा करिब ३ सय जना प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२६ गते   २४८१ पटक हेरिएको

नेकपा(माओवादी केन्द्री) सिन्धुलीमा विभिन्न पार्टी परित्याग गरि  करिब ३ सय जना नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् । जिल्लाका विभिन्न तीन स्थानमा भएको भेला,प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ३ सय जना नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र) सिन्धुलीमा प्रवेश गरेका नेकपा(माओवादी केन्द्र) सिन्धुलीका जिल्ला कमिटि सदस्य तथा विद्यार्थी विभाग प्रमुख हेम कार्की(प्रकाश)ले जानकारी दिनु भयो । 
उहाँका अनुसार जिल्लाको दुधौली नगरपालिका ६ हर्षाहीमा भएको कार्यक्रममा करिब २ सय जना, सिन्धुलीमाढीमा भएको कार्यक्रममा करिब ३० जना र कमलामाई नगरपालिका ९ काउछेमा भएको कार्यक्रममा करिब ३० जना गरी करिब ३ सय जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र) सिन्धुलीमा प्रवेश गरेका हुन ।
दुधौली नगरपालिकाको आयोजना तथा वडा कमिटी अध्यक्ष कुमार काफ्लेको अध्यक्षता र माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज तथा केन्द्रीय सदस्य राजन दाहाल(लेखनाथ)को प्रमुख आतिथ्यतामा भएको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई इन्चार्ज दाहालले स्वागत गर्नुहुँदै जनताको पक्षमा काम गर्ने पार्टी नै माओवादी केन्द्र भएको भन्दै इमान्दारका साथ जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो । 
पार्टी प्रवेश तथा भेला कार्यक्रममा सिन्धुलीका स्कुल विभाग प्रमुख पुकार न्यौपाने(ज्वाला) जिल्लाका नेताहरु दिनेश अधिकारी, सम्झना अधिकारी लगायतको उपस्थिती रहेको थियो । भेलाबाट अञ्जु थापा मगरको अध्यक्षतामा ३७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा कमिटी पनि गठन गरिएको छ ।
त्यसैगरी सिन्धुलीमाढीमा भएको भेला,प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्य पदम बहादुर अस्थानी मगर(शरण) को नेतृत्वमा नेपाली काग्रेस, नेकपा(एमाले) जनता समाजादी पार्टी(जसपा)लगायतका पार्टी परित्याग गरी करिब ३० जना नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र सिन्धुलीका ईन्चार्ज दाहालसँगै माओवादी केन्द्र सिन्धुली जिल्ला कमिटि संयोजक राम कुमार पौडेल, पार्टीका नेताहरु पानीराज बम्जन, पुकार न्यौपाने( ज्वाला¬¬), नेकपा(माओवादी केन्द्र) कमलामाई नगर कमिटि इन्चार्ज यम कुमार देवकोटा, नेकपा(माओवादी केन्द्र) सिन्धुली जिल्ला कमिटि सचिवालय सदस्य तथा सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल), मरिण गाउँपालिका ३ का वडा अध्यक्ष विर्मश मोक्तान(प्रख्यात) लगायतका नेताहरुको उपस्थिती रहेको थियो । 
साथै कमलामाई नगरपालिका ९ काउछेमा भएको भेला,प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ३० जना नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला ईन्चार्ज राजन दाहाल(लेखनाथ)को प्रमुख अतिथ्यता तथा सुरेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विमेश न्यौपानेको अध्यक्षतामा २५ सदस्यी वडा कमिटि गठन समेत गरिएको नेकपा(माओवादी केन्द्र) कमलामाई नगर कमिटि इन्चार्ज यम कुमार देवकोटाले जानकारी दिनु भयो । उहाँका अनुसार योङ्ग कम्युनिष्ट लिग नेपाल कमलामाई नगरपालिका ९ को वडा कमिटि समेत गठन गरिएको छ । योङ्ग कम्युनिष्ट लिग नेपाल कमलामाई नगरपालिका ९ मा अमित गुरुङको इन्चार्जमा ३५ सदस्यीय योङ्ग कम्युनिष्ट लिग नेपाल कमलामाई नगरपालिका ९ को वडा कमिटि गठन गरिएको हो । 
कार्यक्रममा नेकपा(माओवादी केन्द्र) सिन्धुली जिल्ला कमिटि सचिवालय सदस्य तथा सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल),जिल्ल सचिवालय सदस्य नगर ईन्चार्ज देवकोटा,संगठन विभाग प्रमुख गणेश रत्न, जिल्ला कमिटि सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज  हेम कार्की(प्रकाश) योङ्ग कम्युनिष्ट लिग नेपाल बागमती प्रदेश कमिटि सदस्य चिरन्जीवि दाहाल, योङ्ग कम्युनिष्ट लिग नेपाल कमलामाई नगर कमिटि इन्जार्च विश्वजोती थापा, योङ्ग कम्युनिष्ट लिग नेपाल नगर कमिटि अध्यक्ष  करिण राज लामा लगायत माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech