Close This

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई सर्लाहीमा बसेकै ठाउँमा मृत्यु,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-१७ गते   ४३३ पटक हेरिएको

मधेश प्रदेश मिडिया काउन्सीलका अध्यक्ष  शिवहरी भट्टाईको मृत्यु भएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १३ स्थित पत्थरकोटमा रहेको होलिडे रिसोर्टमा शुक्रबार बेलुका बसेका अध्यक्ष भट्टराई शनिबार बिहान मृत भेटिएका हुन ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन सर्लाही आएका अध्यक्ष भट्टराई शुक्रबार बेलुका होलिडे रिसोर्टमा बसेका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुले जानकारी दिए । उनका अनुसार नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ वार्षिक साधारण सभा शनिबार होलिडे रिसोर्टमा हुन लागेको र सोही साधारण सभामा सहभागी हुन अध्यक्ष भट्टाराई शुक्रबार नै सर्लाही आएका हुन ।
सप्तरी घर भई मधेश प्रदेश मिडिया काउन्सील मधेश प्रदेशको अध्यक्ष भएपछि  जनकपुर बस्दै आएका अध्यक्ष भट्टराई शुक्रवार राति खान पिन गरि सुतेको र बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा ठोका नखुलेपछि झ्यालबाट हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।
मृतक भट्टराईसहित अरु केहि पत्रकारहरु समेत शुक्रवार देखि नै सोही रिसोर्टमा संगै बसेका र सुत्ने क्रममा भट्टराई अर्कै कोठामा सुतेका समेत होलिडे रिसोर्टका सञ्चालक विमल नगरकोटीले बताए । 
रिसोर्टमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण,मधेश प्रदेश मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव,नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्री,जिल्लाका वरिष्ठ पत्रकार शंकर श्रेष्ठ,घनश्याम बलम्पाकी,अचुत सापकोटा लगायत पनि शुक्रबार देखि नै संगै बसेका नेपाल फोटो पत्रकार महासंघ सर्लाहीका अध्यक्ष श्रवण थपाले जानकारी दिए ।
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराईको रिसोर्टको बसेकै कोठामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठले जानकारी दिए । बिहान चिया नास्ता खान अध्यक्ष भट्टराईलाई उठाउन जाँदा नउठेका र ढोका पनि नखोलेपछि पछि झ्यालबाट हेर्दा मृत देखेपछि आफुहरुलाई जानकारी आएको प्रहरीले जनाएको छ ।
खबर पाउना साथ घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक श्रेष्ठले अध्यक्ष भट्टराई रहेको कोठामा करिब ६५ वर्षिय अध्यक्ष भट्टराईले  सधैँ प्रयोग गर्ने गरेको प्रेसर र सुगरको औषधी समेत रहेको र औषधी खाने क्रममा सर्किएको जस्तो देखिएको जानकारी दिए ।
अहिले मुचुल्का बनाउने काम भई रहेको र मुचुल्का उठाए पछि शवलाई पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिने ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिए । पोष्ट मार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडी बढाईने प्रहरी निरिक्षक कार्कीले बताए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech