नेकपा(एमाले ) सर्लाहीले लालबन्दी नगरपालिकाको १७ वटा वडा मध्य १६ वटा वडाको प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा २० वटा स्थानिय निकाय रहेका छन् भने २० वटै स्थानिय निकायका वडाहरुमा प्रथम वडा अधिवेशन शुरु भएको नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।
जिल्लामा ११ नगरपालिका र ९ गाउँपालिका रहेको छन् भने करिब २ सय वटा वडाहरु रहेका छन् । त्यस मध्य सबै भन्दै धेरै लालबन्दी नगरपालिकाका वडाहरुको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिकामा रहेका १७ वटा वडा मध्य १६ वटा वडाको प्रथम अधिवेशन सम्पन्न भएको छ । जसमा लालबन्दी नगरपालिका १ को वडा कमिटिको अध्यक्ष प्रह्लाद थापा चयन हुनु भएको छ । त्यसैगरी २ मा मणिराम पौडेल,३ मा दशरथ चौधरी,४ मा विष्णु बहादुर श्रेष्ठ,५ मा केशव प्रसाद पोख्रेल,६ मा सुरज कार्की,७ मा रामदरेश चौधरी,८ मा सुवाष पाख्रिङ्,९ मा सुभद्रा चौलागाई,१० मा भिम प्रसाद घिमिरे, ११ मा लोक बहादुर गुर्मछान मगर,१२ मा सन्तवीर माझी,१३ मा चन्द्र बहादुर श्रेष्ठ, १५ मा दुर्गा बहादुर बुढाथोकी,१६ मा इन्द्र बहादुर वस्नेत र १७ मा लक्ष्मी प्रसाद गौतम प्रथम वडा अधिवेशनबाट सर्व सहमतीमा चयन हुनु भएको नेकपा(एमाले) लालबन्दीका नगर इन्चार्ज डिल्ली प्रसाद अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश २ को कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ नारायण खोलाको वडा अधिवेशन हुन सकेको छैन ।
सो वडामा जान बाटो अहिले नरहेका कारण वडा अभिवेशन गर्न नपाएको नेकपा(एमाले) लालबन्दी नगर कमिटिले जनाएको छ । खोलाको बाटो रहेको र पछिल्लो समयमा परेको अविरल वर्षाका कारण बाटो अवरुद्ध हुँदा सो क्षेत्रमा जान नपाउँदा वडा कमिटि गठन गर्न नपाएको अधिकारीले बताउनु भयो ।
अर वडामा न्युनतम ३१ जना देखि ५६ जना सदस्य रहेका वडा कमिटिहरु गठन गरिएको छ । कार्तिक ६ गते नै वडा अधिवेशन सकाउनु पर्ने केन्द्रको सर्कुलर रहेको भएपनि वर्षा र अन्न भित्र्याउने समय भएका कारण केही ढिलो भएको नेताहरुले बताएका छन् ।केन्द्रको सर्कुलर अनुसार कार्तिक २७ गते सम्ममा महाधिवेशन प्रतिनिधिहरु छनोट गरि सक्नु पर्ने चुनौति रहेको छ । भने मंसिर १० देखि १२ गते सम्म केन्द्रीय अधिवेशन गर्ने तयारी गरेको नेकपा(एमाले)ले वडा,गाउँ र नगरबाट निर्वाचित प्रतिनिधिहरुबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु छनोट गर्ने हुँदा वडा गाउँ तथा नगर अधिवेशन प्राथमिकताका साथ तिव्रगतिमा गरि रहेको नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।