Close This

हरिवनले गर्यो प्रदेश २ कै नमुना औद्योगीक ग्रामको सिलान्यास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-३ गते   ६९७ पटक हेरिएको

औद्योगीक ग्रमको सिलान्यास गर्दै हरिवनका नगर प्रमुख प्रसाई

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको औद्योगीक ग्रामको सिलान्यास गरिएको छ ।  हरिवन नगरपालिकाले खेर गएको नदीको बगरमा औधोगिक ग्राम स्थापना गर्ने भन्दै आज(शनिबार) नगर प्रमुख गणेस प्रसाईले एक कार्यक्रमका वीच औद्योगीक ग्रामको सिलान्यास गर्नु भएको हो ।
चापिनि नदीले बगर बनाएको ठाँउमा जमिन खेर जाने र तत्काल नियन्त्रणमा लिन नसके झनै कटान गर्ने भएकोले हरिवन नगरपालिकाले खेर गएको जमिनमा औधोगिक ग्राम बनाउने भन्दै केही समय पहिला नदी उकासलाई व्यावस्थापन गर्न तटबन्ध गरेको थियो । स्थानिय उत्पादनमुखी उद्योगहरुका साथै व्यापार व्यावसाय गर्न एउटै छानामुनी  औधोगिक ग्राम बनाउने र स्थानियलाई रोजगारी सिर्जना गर्नुको साथै आन्तरीक आयस्रोतलाई बढावा दिन ग्राम निर्माणको लागि सिलान्यास गरिएको नगर प्रमुख प्रसाईले बताउनु भयो । उहाँले हरिवन नगरपालिका–११ चापिनीमा खोलाले कटान गरेको जमिनमा औधोगिक ग्राम बनाउन नगरपालिकाले सो जमिन भाडामा दिने र स्थानिय उत्पादन बाहेकका कुनै पनि व्यापार व्यावसाय गर्न नपाउने गरि २९ वर्षका लागि व्यापारी व्यावसायीहरुलाई सो जमिन भाडामा लगाईने बताउनु भयो । जमिनको अभावमा उद्योग स्थापना गर्न समस्या देश भरिनै भइ रहेको अवस्थामा हरिवनले त्यस्तो खेरजाने जमिनको सदुपयोग गर्न लागेको नगर उप प्रमुख रेणुका पौडेलले बताउनु भयो । 
 संघीय सरकारले लिएको नीति एक स्थानीय तह एक औधोगिक ग्राम अन्र्तगत हरिवनमा औद्योगिक ग्राम बन्न लागेको हो । जसका लागि संघीय सरकारले गत आर्थिक वर्षमा पठाएको रु १ करोडबाट जग्गा अतिक्रमण तथा पर्खाल लगाउने र खोला नियन्त्रणको  काम सकिएको हरिवन नगरपालिकाका इन्जिनियर जकी अहमद सिद्दकीले बताउनु भयो । उहाँका अनुसार अब सो जमिनमा स्थानिय उत्पादनमुखी,स्थानियलाई रोजगारी सिर्जना हुने खालका व्यापार व्यावसाय गर्न नगरपालिकाले  सो जमिनलाई भाडामा लगाउने छ ।
करिब ८ बिगाह क्षेत्रफलमा स्थापना हुन लागेको औधोगिक ग्राममा हरिवन क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न सहज हुने र हरिवन नगरपालिकाको आर्थिक विकासमा मद्धत पुग्ने हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरुदेव चुडालले बताउनु भयो ।
यसरी एकै ठाँउ,एउटै छाना मुनी विभिन्न व्यवसाय, उद्योग सञ्चालन हुँदा स्थानिलाई आफ्नो उत्पादन कहाँ बिक्रि वितरण गर्ने र बजार नपाउने चिन्ता हट्नुको साथै किनमेल गर्न धेरैतिर धाउनुपर्ने बाध्यता हट्ने नगरपालिकाले पिश्वास लिएको छ । नदीले कटान गरेको जमिनको सदुपयोग गर्दा कृषियोग्य तथा वनको जमिन सुरक्षित रहने मात्र नभै कलकारखाना स्थापनाले बेरोजगारीको समस्या समेत हल हुने नगरप्रमुख प्रसाइले बताउनु भयो । हरिवन नगरपालिका ११ मा निर्माण हुन लागेको सो औधोगिक ग्राम प्रदेश २ कै नमुना औधोगिक ग्राम निर्माण हुने उहाँको भनाई छ । सम्बाददाता दुर्गा कुमारी अधिकारी

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech