हरिवन ८ को खानेपानीमा बिल भर्पाइ बिना लाखौँ निकासा,प्रदेश सांसद उप्रेतीकाे समेत साथ

1.2k Shares

सर्लाहीको हरिवन नगरपालिका ८ मा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा व्यापक अनियमितता गर्ने कार्यमा  संग्लग्न भएका प्रदेश सभा सदस्यले फेरि प्रदेश सभाका लागि टिकट पाएका छन् ।
हरिवन नगरपालिका ८ स्थित रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा करिब रु ४० लाख अनियमितता गर्ने कार्यमा संग्लग्न रहेका प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले फेरि सर्लाही ३(क)बाट प्रदेश सभा सदस्यका लागि टिकट पाएका हुन ।  उनी लामाे समय साे संस्थाकाे अध्यक्ष समेत  रहनु भएको थियाे । 
हरिवन नगरपालिका ८ मा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा व्यापक अनियमितता भएको पाइएपछि छानविन समिति गठन गरि छानविन सुरु भएकोमा  छानविन समितिले रु ३९ लाख ६४ हजार भन्दा धेरै आर्थिक अनियमितता भएको फेला परेको हो ।
हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको संयोजकत्वमा गठित छानविन समितिले गरेको अध्ययनको क्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कोषबाट रु ३९ लाख ६८ हजार ४ सय ६५ आर्थिक अनियमितता भएको पाइएको  समितिका संयोजक एवम हरिवन नगरपालिका ८ कावडा अध्यक्ष ढुंगानाले बताउनुभयाे ।
गएको साउन २५ गते भएको उपभोक्ता भेलामा सहभागीले समितिमा व्यापक आर्थिक अनियमितता भएको भन्दै चर्को विरोध जनाएका थिए भने वडाध्यक्ष ढुंगानाको नेतृत्वमा ११ सदस्यीय सर्वदलिय तथा सर्वपक्षिय छानविन समिति गठन गरिएको थियो।
आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म संस्थाको आय व्ययको विवरण,सम्पूर्ण श्रेस्ता र जिन्सी सामानहरुको समेत अभिलेख हेरेपछि समितिले प्रतिवेदन तयार पारेको समितिका संयोजक एवम हरिवन नगरपालिका ८ का वडाध्यक्ष ढुंगानाले बताउनु भयाे ।
संस्थालाई सरकारी सहित विभिन्न निकायबाट प्राप्त अनुदान र खानेपानीको महशुल बापतको उपभोक्ताबाट संकलित रकम मध्येबाट रु ३९ लाख ६८ हजार ४ सय ६५ आर्थिक अनियमितता भएको छानविनका क्रममा खुलेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ।
छानविन समितिका संयोजक एवम हरिवन नगरपालिका ८ का वडा अध्यक्ष ढुंगानाले हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) र उप प्रमुख हरिमाया घलानलाई छानविनको प्रतिवेदन हस्तान्तरण गरेका छन्।
हरिवन नगरपालिका ८ मा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष हरिवन नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष यज्ञविनोद ढुंगेल रहेका छन् । अध्यक्ष ढुंगेल र कोषाध्यक्ष संजिता घिमिर(उप्रेती)ले विभिन्न व्यक्ति र संस्थालाई बिना विल भर्पाइ विभिन्न मितिमा रकम भुक्तानी गर्दा आर्थिक अनियमितता भएको निष्कर्ष छानविन समितिले निकालेको छ ।
स्वयं अध्यक्ष ढुंगेल र कोषाध्यक्ष संजिताको नाममा पनि बिना बिल भर्पाइ लाखौँ रकम निकासा भएको छानबिनका क्रममा खुलेकोे छ । अध्यक्ष ढुंगेलको नाममा एकपटक गरि रु १ लाख ४१ हजार भुक्तानी भएको र कोषाध्यक्ष संजिताले पनि समितिबाट विभिन्न मितिमा गरी रु ४ लाख ६३ हजार ५ सय भुक्तानी लिएकी छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले बताउनु भयाे । अध्यक्ष ढुंगेल र कोषाध्यक्ष संजिताको नाममा भुक्तानी भएको रकमको समेत सम्पूर्ण बिल भर्पाइ फेला पार्न नसकिएको छानविन समितिका  संयोजक ढुंगानाले बताए । भने, समितिकी पूर्व कर्मचारी देवी भट्टराईले अझैसम्म रु १ लाख ९४ हजार ३ सय ८८ रुपैयाँ बैँक दाखिला नगरी आफैँसँग राखेको छानबिनका क्रममा देखिएको छ ।
त्यस्तै इन्धन खर्च बापत रु २ लाख ४८ हजार १ सय ८३ खर्च भएको देखाइए पनि त्यसको कुनै बिल भौचर फेला पार्न नसकिएको समितिले जनाएको छ।‘समितिले आवश्यक सामान खरिद गरेको भने पनि कुनै विल भर्पाइ नभइ निकासा भएको करम के काममा कति खर्च भयो, त्यो यकिन गर्न नसकिएको’ छानविन समिति संयोजक ढुंगानाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘श्रेस्ता हेर्दा जिन्सी सामाग्रीहरु खरिद गरेको देखिए पनि त्यसको अभिलेख देखिँदैन।भुक्तानी दिँदा कुनै बिल भर्पाइ पनि राखेको पाइएन।’छानविन समिति संयोजक ढुंगानाले बताउनु भयाे।
साे अनियमितता गर्ने कार्यमा सर्लाही क्षेत्र नम्बर ३(क) का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको समेत संग्लग्नता देखिएको छानविन समितिका संयाेजक ढुंगानाले बताउनुभयाे ।
हरिवन नगरपालिका जिल्लामै उत्कृष्ट घोषणा भएको भएपनि जनप्रतिनिधिहरु र कर्माचारीहरुको मनोपोलीका कारण भ्रष्टाचारका घटनाहरु व्यापक भएका पाइएको छ । हरिवन नगरपालिका ८ मा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हरिवन नगरपालिकाको वडा नम्बर ८ र ११ का करिब ३ हजार घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचार