Close This

कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीको सञ्चालक समिति सर्व सहमतीमा चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१६ गते   २६४ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीको नयाँ सञ्चालक समिति सर्व सहमतीमा चयन भएको छ ।  पाँचौँ पटकको सञ्चालक समितिको अध्यक्षमा व्यापारीको प्रतिनिधित्व गर्दै तोरण बहादुर मग्रातीको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति आज(मंगलबार) सर्वसहमतीमा चयन भएको हो । 
सदस्यहरुमा व्यापारीको तर्फबाट वावुलाल योञ्जन र महमद जकिरा त्यसैगरी किसानहरुको तर्फबाट पशुपती शर्मा,योगेन्द्र महतो र वसन्ती पौडेल सर्व सहमतीमा चयन भएका कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीका व्यावस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार एक जना सम्बन्धीत वडाका वडा अध्यक्ष सदस्य रहने व्यावस्था भए अनुसार लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र कुमार न्यौपाने सदस्य रहनु भएको छ । 
तीन वर्षे कार्याकालका लागि  ७ सदस्यीय सञ्चालक समिति निर्वाचन वा सर्व सहमतीमा चयन हुने प्रावधान रहे अनुसार मग्रातीको नेतृत्वको कार्य समितिको कार्य अवधि तीन वर्षको हुने छ । व्यापारीहरु तथा कृषकहरुबाट गरी करिब एक सय जना मतदाता रहेको सो संस्थामा व्यापारीहरुमा र कृषकहरुमा समेत निर्वाचन हुने व्यावस्था रहेको र सोही अनुसार  निर्वाचीत भएर आएका मतदाताहरुले सञ्चालक समितिका लागि निर्वाचन गर्ने व्यावस्था रहेको छ । तर कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीमा  यस पटक सर्वसहमतीमा सञ्चालक समिति चयन गरिएको हो ।
कृषि तथा पशुपंक्षि विकास मन्त्रालयबाट छेदी महतोको नेतृत्वमा २ जना र कृषि ज्ञान केन्द्र मलंगवाबाट आएका १ जना गरी तीनजना प्रतिनिधिहरुको उपस्थितीमा समिति चयन भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech