सर्लाहीका २० वटै पालिकामा ३० औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन

394 Shares

सर्लाहीका विभिन्न स्थानमा ३० औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।राज्य व्यवस्था परिवर्तनका लागि २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध ३० औँ वर्षमा प्रवेश गरेको अवसरमा नेकपा(माओवादी केन्द्र) सर्लाहीले जिल्लाका विभिन्न स्थानहरुमा दीप प्रज्वलन कार्यक्रम गरेको नेकपा(माओवादी केन्द्र)सर्लाहीका इन्चार्ज एवम केन्द्रीय सदस्य अच्युतम प्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार सर्लाहीको बागमती र बलरा नगरपालिकाका साथै रामनगर गाउँपालिकाले ३० औँ जनयुद्ध दिवसको अवसरमा बिदा समेत दिएका छन् ।

477578921_2110130876115940_1047824574211562959_n.jpg
माओवादी केन्द्रबाट निर्वाचित भएका सर्लाहीका चार वटा पालिका मध्य हरिवन नगरपालिका बाहेक बागमती र बलरा नगरपालिका र रामनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका समेत दिएका छन् ।स्थानीय तहहरुको निर्वाचन २०७९ मा माओवादी केन्द्रबाट निर्वाचित भएका बागमती र बलरा नगरपालिका र रामनगर गाउँपालिकाले आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएका हुन्।तर हरिवन नगरपालिकाले भने सार्वजनिक बिदा दिएको छैन् ।

22.jpg
जनयुद्धको स्मरण र महान शहीदप्रति उच्च सम्मान गर्दै पालिकाभित्रका सबै कार्यालय र विद्यालयमा बिदा दिइएको जिल्लाका माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बताए।संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि परिवर्तन शुुभारम्भ भएको दिन भएकाले“जनयुद्ध दिवस”दिवसमा बिदा दिइएको जनाएको छ।सहीदको सम्मान स्वरुप माओवादी केन्द्रको केन्द्रीय निर्देशन अनुसार सार्वजनिक विदाको घोषणा गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।जनयुद्धको ऐतिहासिक योगदान,त्यसबाट प्राप्त उपलब्धीहरू र समाजवाद उन्मुख यात्राका विषयमा प्रकाश पार्दै देशलाई समाजवादी मार्गमा अघि बढाउन सबैलाई एकताबद्ध हुन माओवादी केन्द्रका नेताहरुले आग्रह गरेका छन् ।

sds.jpg
२०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध नेपाली जनताको उत्पीडन,शोषण,असमानता र अन्यायको विरुद्ध ऐतिहासिक लडाइँ थियो।यो संघर्षले दुई सय ४० वर्ष लामो राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गराउँदै गणतन्त्र स्थापनाका लागि मार्ग प्रशस्त गर्यो।साथै,समावेशी लोकतन्त्र, संघीयता,धर्मनिरपेक्षता,समानुपातिक प्रतिनिधित्व,सामाजिक न्याय र नागरिक अधिकार जस्ता महत्वपूर्ण उपलब्धीहरू जनयुद्धकै बलबाट सुनिश्चित भएको सम्झनामा दिप प्रज्वल गरिएको माओवादी केन्द्र हरिवन नगर समिति अध्यक्ष अर्जुन पन्तले बताए ।
उनका अनुसार,जनयुद्धको बलिदान र संघर्षले स्थापित गरेका यी उपलब्धिहरूलाई पछिल्लो समय कमजोर पार्ने,भ्रष्टाचार,अवसरवा  र प्रतिगमनका शक्तिहरूले चुनौती दिइरहेको बताउँदैँ समाजवाद उन्मुख नेपाल निर्माणका लागि यी उपलब्धिहरूको रक्षा गर्दै नयाँ विचार,सुदृढ संगठन र जनसहभागिताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ।
समाजवाद उन्मुख यात्रालाई तीव्र बनाउन परिवर्तनशिल र क्रान्तिकारीहरु सचेत भएर अगाडि बढ्नुपर्ने  नेताहरुले बताएका छन्।भ्रष्टाचार,अवसरवाद र प्रतिक्रान्तिकारी गतिविधिहरूको प्रतिवाद गर्दै जनअधिकारहरू सुदृढ पार्न समाजमा रहेको असमानता,गरिबी,बेरोजगारी र अन्याय विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।सर्लाहीका २० वटै पालिकाहरुमा स्थानीय तहगत समितिले  ३० औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।नयाँ पुस्तालाई जनयुद्धको शिक्षाबाट प्रेरित गर्दै समाजवादी रूपान्तरणको अभियानमा सहभागी माओवादी केन्द्रका नेताहरुले आग्रह गरेका छन्।दिप प्रज्वलन कार्यक्रममा माओवादी केन्द्रका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी, ३० औँ जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ।सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ३० औँ जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकमा हुन।तर सर्लाहीका चार मध्य तीन पालिकाले सर्वाेच्चको आदेश आयनु पहिलै ३० औँ जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा घोषणा गरि सकेका थिए ।

सम्बन्धित समाचार