हरिपुर नगरपालिकामा नेपाली कांग्रेसका गोपाल पजियार नगरप्रमुख पदमा निर्वाचित हुनुभयो । उहाँले ६ हजार ९ सय ३८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार सुनिलकुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत प्राप्त गर्नुभयो । त्यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकै निलम राय यादव ५ हजार ५ सय ५२ मत प्राप्त गरी निवार्चित हुँदा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा(एकीकृत समाजवादी)की उम्मेदवार शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गर्नुभयो ।
९ वटा वडा रहेको हरिपुर नगरपालिकाको वडा नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का नानी बाबु थापा ७ सय ८० मत, वडा नम्बर २ मा नेकपा एमालेका निल विक्रम थापा ६ सय १८ मत, वडा नम्बर ३ मा नेकपा(माओवादी केन्द्र)का लाल महमद शेष ५ सय ६८ मत, वडा नम्बर ४ मा नेकपा एमालेका संजय प्रसाद शाह ७ सय ६१ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी ५ सय ५९ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका प्रेम हरी श्रेष्ठ ६ सय ६२ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका मनोज कुमार चौधरी १ हजार ४ सय ७० मत, वडा नम्बर ८ मा नेकपा(एकिकृत समाजवादी)का हरी बहादुर थापा ५ सय ४० मत र वडा नम्बर ९ मा नेकपा(एकिकृत समाजवादी)का विश्वनाथ राय १ हजार १ सय ८७ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भयो ।