वन संरक्षण सम्बन्धी लालबन्दीमा अन्र्तक्रिया कार्यक्रम

727 Shares

गणेश खड्का 
सर्लाहीको लालबन्दीमा वन जंङ्गलको संरक्षण सम्बन्धी अन्र्तक्रिया गरिएको छ । राधा कृष्ण सामुदायिक वन समुहको सभाहलमा भएको अन्र्तक्रिया कार्यक्रममा पछिल्लो समय जिल्लामा वन विनाश बढ्दो रहेको र यसको संरक्षण तथा सुरक्षामा कस कसको सहयोग रहन्छ भन्ने विषयमा अन्र्तक्रिया गरिएको डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए । 
उनका अनुसार लालबन्दी नगरपालिका ६ स्थित रहेको राधा कृष्ण सामुदायिक वन समुहको सभा हलमा भएको अन्र्तक्रिया कार्यक्रममा वन सुरक्षा गर्न के गर्न सकिन्छ,कसरी र को कोसंग समन्वय गरेर जाने भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो । संघियता पछि वन ऐन २०४९ विस्थापित भई २०७६ जारी  भएपछि वनजंगलहरुको सुरक्षाका लागि साझा बुझाई कायम गराउँदै वन तथा वन्यजन्तु र नदीजन्य पदार्थको संरक्षण र व्यावस्थापन सम्बन्धी जानकारी गराउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले बताए ।
उनका अनुसार वनका कानुनमा रहेका नीतिहरुको जानकारी गराउनुका साथै कानुनी जानकारीको अभावमा देखा परेका समस्या र अभावहरुका विषयमा छलफल गर्दै समस्या समाधान गर्ने विषयमा अन्तरक्रिया गरिएको हो ।  वनजन्य तथा नदी जन्य पदार्थहरुको संरक्षण र नियमन गर्ने काम कस कसको हो ।

सुरक्षा निकाय र वन कार्यालय तथा वन कार्माचारीहरु विचको सम्बन्ध कस्तो हुनुपर्छ । भन्ने विषयमा छलफल भएको सहायक वन अधिकृत सजन चौधरीले बताए । उनका अनुसार कार्यक्रममा सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख सुभाव चन्द्र प्रसाद साह,ईलाका प्रहरी कार्यालय लालबन्दी र शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनका प्रतिनिधिहरुका साथै राधा कृष्ण सामुदायिक वन समुहका उपभोक्ताहरुको समेत उपस्थिती रहेको थियो । डिभिजन वन कार्यालय सर्लाहीले जिल्लाका सबै ६ वटै सव डिभिजन वन कार्यालयहरुमा यस प्रकारका कार्यक्रमहरु गर्ने जनाएको छ ।
 

सम्बन्धित समाचार