सामी परियोजनाद्धारा आफ्ना कार्यक्रमहरुका विषयमा मिडियाकर्मीहरुसंग अन्र्तक्रिया

3.2k Shares

  
सुरक्षित आप्रवासन परियोजना(सामी)सर्लाहीले आफ्ना कार्यहरुको बारेमा जिल्लाका मिडियाकर्मीहरुसंग अन्तर््क्रिया गरेको छ । नेपाल सरकार र स्वीस सरकार बिच भएको द्विपक्षीय सम्झौता बमोजिम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल ,प्रदेश सरकारको समन्वय ,जिल्लाका स्थानीय तहहरुको  नेतृत्वमा सामी हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा  बागमती सेवा समाज नेपाल सर्लाहीको  सहजीकरणमा संचालित कार्यक्रमहरुका विषयमा  जिल्लाका मिडियाकर्मीहरुसंग अन्र्तक्रिया गरेको हो ।
रिपोर्ट क्लब सर्लाहीको साक्षात्कार कक्षमा आयोजना भएको कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक संतोषी थापाले परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।उहाँले बैैदेशिक रोजगारीमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) ले काम गरी रहेको बताउनु भयो ।
  बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुका लागि जुन देशमा जाने हो त्यहि देशको काम अनुसारको सिपमुलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमुलक बनाउने गरी सामी परियोजनाले काम गरिरहेको  कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।सामी परियोजना सर्लाहीको मलंगवा,हरिवन, बरहथवा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा आफ्ना कार्यक्रमहरु संचालनरत गरि रहेको छ ।
रिपोर्टस क्लब नेपाल सर्लाही शाखाको आयोजना तथा शाखाका उपाध्यक्ष मनोज यादवको सभापतित्वमा  भएको कार्यक्रममा मिडिया काउन्सिल प्रदेश न–२ की सदस्य बन्दना झाको प्रमुख आतिथ्यता रहेको थियो ।
 

सम्बन्धित समाचार