निर्वाचन अधिकृत माथी हातपात गर्नेलाई कार्बाही गर्न माग,कांग्रेस सर्लाहीको अधिवेशन अनिश्चीत

3.5k Shares

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खटिएका निर्वाचन अधिकृतमाथि कांग्रेस कार्याकर्ताद्धारा हातपात भएको छ । पार्टीबाट खटिएका निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले हातपात गरेका हुन । बिहीबार(आज)बाट नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुने कार्य तालिका सार्वजनिक भएको थियो ।
मलंगवा नगरपालिका २ स्थित नेपाली कांग्रेसको पार्टी कर्यालयमा ,नेपाली कांग्रेसको संस्थापन र इतर पक्षको कार्यकर्ताबीच  विवाद भएको भएपछि विवाद समाधान गर्ने क्रममा निर्वाचन अधिकृत माथि हाटपात भएको पाइएको छ । जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय संस्थापन इतर पक्षका हुन । यसअघि दुई पक्षको सहमति अनुसार जिल्लामा वडा अधिवेशनको मिति तोकिएको थियो । तर मतदान अधिकृत खटनपटनमै विवाद भएपछि समाधानका लागि छलफल गर्ने क्रममा विवाद भएको थियो ।
प्रधानमन्त्री देउवा पक्षले निर्वाचन कार्यालय ,पार्टी कार्यालयबाट होटेलमा राखेकोमा पनि आपत्ति जनाएका थिए ।विवादको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले संस्थापन इतर पक्षका नेताद्वय विनोद खनाल र बलिराम झा माथि पेस्तोल ताकेपछि झडप भएको पूर्व सभापति लक्ष्मण रायले बताएका छन् । 
यता वडा अधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा छलफल भएको थियो ।  छलफल भई रहेको समयमा निर्वाचन अधिकृतलाई घेरा हालेर हातपात गरेको सभापति रायले दाबी गरेका छन् । निर्वाचन अधिकृतमाथी हातपात गर्नेहरु बिनोद खनाल,भग्यनरायण मिश्र,अमित राय यादव,बलिराम झा,नरेन्द्र भट्टराई र नशारुल अन्सारीलाई कार्बाही गर्न कांग्रेसका नेताहरुले माग गरेका छन् । कात्तिक २७ गते तय भएको वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार