रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले आपूmलाई आफ्नै सहयोद्धा, सहकर्मीहरुले झुठो अभियोग लगाएर फसाउन खोजेको बताउनु भएको छ ।उहाँले आफु गाउँपालिका अध्यक्ष भएपछि आफुले गाउँपालिकामा गरेको विकास र जनसेवाको कामबाट आफ्नो लोकप्रियता बढेपछि आफुलाई खुट्टा तान्न आफ्नो सहयात्रीहरुले षड्यन्त्र गरेर झुठा अभियोग लगाएको बताउनु भयो ।
सम्पत्ती सुद्धिकरण, शरीर बन्धक र जबर्जस्ती करनीको अभियोगमा गाउँपालिका अध्यक्ष खड्कालाई पक्राउ गरिएको थियो । गएको साउन ३० गते विभिन्न अभियोगमा पक्राउ परेका खड्कालाई उच्च अदालतले पद पुनस्थापना हुने गरि धरौटीमा रिहा गरेपछि गाउँपालिका पुग्नु भएका खड्काले पुनः गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेको कमलामाइृ खबरलार्ई बताउनु भयो ।आपूm न्यायको लागि लडिरहेको भन्दै अदालतले आपूmलाई न्याय दिएको अध्यक्ष खड्काले बताउनु भयो ।
मलाई फसाउन जस्तोसुकै षड्यन्त्र गरे पनि गाउँपालिकाको विकास र जनताको सेवामा दत्तचित्त भएर लागिरहने छु उहाँले भन्नु भयो । चार महिना थुनामा बस्दा आपूmले धेरै कुरा सिक्ने मौका पाएको भन्दै षड्यन्त्रपूर्ण रुपमा आफुलाई फसाउन झुठा अभियोग लगाउनेहरुलाई पनि धन्यवाद दिन चाहेको उहाँको भनाई छ ।
भण्डै ५ महिनापछि गाउँपालिका फर्किनु भएका खड्कालाई स्थानीय जनताले भब्य स्वागत गरेका थिए । स्थानीयले ठाउँठाउँमा स्वागत तथा सम्मान गर्दै बजार परिक्रमा गराएर अध्यक्ष खड्कालाई गाउँपालिकाको कार्यालयमा पु¥याएका थिए । अध्यक्ष खड्काको स्वागतमा सहभागि स्थानीयहरुले छातीमा अध्यक्ष खड्काको फोटो टाँसेका थिए । गाउँपालिका अध्यक्ष खड्काले आफ्ना दुःख पिरमर्का बुझेकाले उहाँको फोटो छातीमा टाँसेर हिडेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
गाउँपालिका अध्यक्ष खड्काको पहलमा गाउँपालिकाको प्रत्येक गाउँको कुनाकुनामा बत्ति र सडक पुगेको भन्दै अध्यक्ष खड्का जनप्रेमी नेता भएको स्थानीय विन्दा खड्काले बताउनु भयो ।अध्यक्ष खड्काको राम्रो कामबाट अत्तालिएका ब्यक्तिहरुले झुठो आरोप लगाएर फसाउन षड्यन्त्र गरेको उहाँको भनाई छ ।
विकासप्रेमी गाउँपालिका अध्यक्ष पक्राउ पर्दा आपूmहरु निकै निराश भएको र अहिले निर्दोष ठहरिएर फेरि अध्यक्षको जिम्मेवारी सम्हाल्दा आपूmहरु एकदमै हर्सित भएको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीका स्थानीय भोजबहादुर खड्काले बताउनु भयो । गाउँपालिका अध्यक्ष खड्का सम्पत्ती सुद्धिकरणको अभियोगमा रु १० लाख जबर्जस्ती कारनीमा रु ५ लाख र शरीर बन्धकको अभियोगमा रु २ लाख रुपैयाँ गरि रु १७ लाख धरौटीमा गएको पौष १९ गते रिहा हुनु भएको थियो ।