Close This

मोटरसाईकल चोरी गरी लैजादैँ गर्दा ईप्रका लालबन्दीद्धारा मोसा सहित चोरी गर्ने पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२२ गते   ४४ पटक हेरिएको

मोटरसाईकल चोरी गरी लैजाँदै गर्दा एकजनालाई ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ ।
 सर्लाहीको लालबन्दी नगरपालिका ७ मा  पार्किङ गरी राखेको  प्रदेश २–०३–००७ प ८५३६ नं. को २२० सिसिको पल्सर मोटरसाइकल चोरी गरी लाँदै गर्दा  बाराको कोहल्वि  नगरपालिका ६ बस्ने अन्दाजी वर्ष २१ का धिरज चौधरीलाई आईतबार साँझ करिब ७ बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटीएको प्रहरीको गस्ती टोलिले  मोटरसाईकल चोरी गरी लैजादैँ गर्दा चौधरी सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । पछिल्लो समय मोटरसाईकल चोरीका घटना बढेपछि सुरक्षा थप मजबुत बनाएको प्रहरीले मोटरसाईकल चोरी गरी लैजादैँ गर्दा मोटरसाईकल चोर सहित पक्राउ गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech