माेटरसाईकल अनियन्त्रित हुँदा चाैधरीकाे मृत्यु

69 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानीमा नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

लालबन्दी नगरपालिका २ स्थित पुर्नवासबाट जब्दी तर्फ आइरहेको ज ११ प ७५४८ नम्वरको मोटरसाइकलका चालक लालबन्दी नगरपालिका ३ जब्दीका अन्दाजी वर्ष ५० का राजकुमार चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गयराती करिब ९ बजे मोटरसाइकल अनियन्त्रित भइ पल्टिएर चाैधरीकाे ज्यान गएकाे हाे ।

घटनास्थलकाट केही स्थानीयले उद्दार गरि अस्पताल ल्याएपछि चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका हुन । चौधरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार